वस्नेत परिवारले गरे जन्मोत्सवमा नारी सञ्चार गृहलाई सहयोग

2021-01-21 मा प्रकाशित

झापा, ८ माघ । बिर्तामोड–१ निवासी सामाजिक व्यक्तित्वहरु देविका वस्नेत र नरेन्द्र वस्नेतले जन्मदिनको अवसर पारेर आज नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग गरेका छन् ।जन्मदिनमा वस्नेत दम्पत्तीले विहीबार बिर्तामोड स्थित आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई सहयोग स्वरुप २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।वस्नेत दम्पत्तीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम र कोषाध्यक्ष ज्योस्ना श्रेष्ठलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।वस्नेत दम्पत्तीले दृढ संकल्प लिएर अघि बढे लक्ष्यमा पुग्न कठिन नहुने उल्लेख गर्दै अक्षयकोषको लक्ष्यबृद्धि गर्न सुझाव दिएका थिए ।झापाका महिला सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको लक्ष्य, उद्देश्य र उपलब्धीहरुबारे अवगत गराउँदै संस्थाका अध्यक्ष शिवाकोटीले सहयोगी मनहरुप्रति धन्यवाद दिँदै आभार व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु