पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

2021-02-10 मा प्रकाशित

काठमाडौं,२८ माघ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो ।हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५।१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३।०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५।८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३।८७ करोड रहने निगमले जनाएको छ ।स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताए ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु