गृहलक्ष्मी र पूर्वीद्वार सहकारीबीच एकीकरण, अध्यक्षमा भट्टराई

2021-02-19 मा प्रकाशित

धुलाबारी, ७ फागुन । गृहलक्ष्मी र पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।धुलाबारी स्थित टाउन हलमा आयोजित एकीकरण साधारण सभाको घोषणा एक नम्बर प्रदेश सभाका सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

प्रमुख अतिथि समेत रहेका सांसद बुढाथोकीले मुलुकमा सबै क्षेत्र विभाजन भइरहेका बेला पूर्वीद्वार र गृहलक्ष्मी सहकारी एकीकरण हुनुले समाजमा राम्रो सन्देश गएको बताए ।कार्यक्रममा सांसद बुढाथोकी, प्रदेश सहकारी रजिष्टार कार्यालयका सहकारी अधिकृत ढुण्डीराज दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अब दुवै संस्थाको एकिकृत नाम ‘पूर्वी गृह बचत तथा ऋण सहकारी संस्था’ मेचीनगर–९ भएको छ ।

एकिकृत संस्थाको शेयर सदस्य ६ हजार ८५ जना, शेयर पुँजी ३ करोड ७६ लाख, निक्षेप २२ करोड ३२ लाख छ भने कारोबार ३० करोड रहेको संस्थाले जनाएको छ ।यसैवीच एकिकृत संस्थाको सञ्चालक समिति १३ जनाको भएको छ । जसमा साविकको पूर्वीद्वारबाट ७ र गृहलक्ष्मी सहकारीबाट ६ जना सञ्चालक समितिमा रहेका छन् ।पूर्वी गृह बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विशेश्वर प्रसाद भट्टराई ९विपी०, उपाध्यक्षमा दुर्गा डाँगी ९रेणुका० तथा सदस्यहरुमा कुवेरप्रसाद पौडेल, मानबहादुर खड्का, दलबहादुर कट्टेल, राजु धिमाल, कमलादेवी धिमाल, जोगेन राजबंशी, निरोज कट्टेल, चेतराज विष्ट ९चेतन०, खड्गबहादुर राउत, रमेशप्रसाद बराल र कमला ढुंगाना छन् ।त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा दुर्गालाल श्रेष्ठ तथा सदस्यहरुमा पदमप्रसाद दाहाल र उदय बराइली रहेका छन् ।गृहलक्ष्मी सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वगत उपाध्यक्ष दुर्गा डाँगी र सञ्चालन पुर्वीद्वार सहकारीका सदस्य निरोज कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु