आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ को सह–संयोजकमा कार्की

2021-02-19 मा प्रकाशित

मेचीनगर । मेचीनगर ४ बाहुण्डाँगीका अर्जुन कार्की आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ को सह–संयोजकमा चयन भएका छन् ।कार्कीलाई नेपाल पर्यटन बोर्डले गत पुसमा प्रदेश समिति सह–संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डले पठाएको आधिकारीक पत्र शुक्रबार प्राप्त भएको कार्कीले बताए ।बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भन्दै पछिल्लो समय देशका ७ वटै प्रदेशहरुमा आन्तरिक पर्यटक पुनरुत्थान समिति गठन गरेको छ ।त्यस्तै कार्की होमस्टे १ नम्बर प्रदेश समितिको सल्लाहकारमा मनोनित भएका छन् । समितिको बैठकले झापाबाट कार्की र सुनसरीबाट एलिना मगरलाई चयन गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु