प्रतिनिधिसभा पुनःस्थापन गर्न सर्वोच्चले गर्याे फैसला

2021-02-23 मा प्रकाशित

झापा, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो ।संयोग प्रधानमन्त्री ओलीका लागि ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला उनको ६९ औँ जन्म दिन दुखद उपहार बनेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजालसमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधानमल्ल, तेजबहादुर केसीको इजलासले विघटनलाई बदर गर्ने फैसला सुनाएको हो ।नेपालको संविधानको धारा ७६ ९१०, ९७० र ८१ ९१० तथा राष्ट्रिय अन्तराष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री ओलीले विघटन सिफारिस गरेका थिए ।सिफारिस गरेको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस सदर गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु