मेची चेम्बर अफ कमर्शले उपलब्ध गरायो , सदस्यलाई पान पत्रमाण पत्र

2021-02-24 मा प्रकाशित

धुलाबारी,१२फागुन । मेची चेम्बर अफ कमर्शमा आवद्घ सदस्यहरुलाई बुधबार एक कार्यक्रम बीच पान नम्बरको प्रमाण पत्र वितरण गरिएको छ । चेम्बरको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १० का वडाध्यक्ष सुवेशकुमार पनेरु ले आफ्नै क्षेत्रबाट पान नम्बर वितरण गरेर चेम्बरले सदस्य केन्दित कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले भने ,व्यवसायीहरुले पान नम्बर लिन चन्द्रगडी धाउनु पथ्र्याे तर चेम्बरले आफ्ना सदस्यहरुको सुविधालाई ध्यानमा राखेर आन्तरिक राजश्वकार्यालय सँग समन्वय गरी चेम्बरकै कार्यालयबाट पानको प्रमाण पत्र वितरण गर्न सफल भएको भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।

चम्बरका अध्यक्ष ललित कुमार बोहोराको सभापतित्वमा आयोजित पान प्रमाण पत्र वितरणको कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि अर्जुन राजबंशी , याम प्रसाद तामाङलगायतको सहभागिता रहेको थियो । सो अवसरमा ५२ जना सदस्यहरुलाई पान प्रमाण पत्र वितरण गरिएको बताउँदै अध्यक्ष बोहोराले चेम्बर सधै सदस्यको हक हित र सुरक्षामा समर्पीत रहने प्रतिद्घता जनाए । उनले आगामी दिनमा समेत यस किसिमको कार्यक्रम जारिराख्ने बताए । चम्बरले यस अघि पान दर्ताको विषयमा एक दिवशिय प्रशिक्षण आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु