विश्व सेवा विस्तार द्वारा ९ जना बालबालिकाको उद्दार , सवैलाई अभिभावको जिम्मा लगाइयो

2021-02-24 मा प्रकाशित

मेचीनगर, फागुन १२ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाले बुधबार भारतका बिभिन्न क्षेत्रबाट ९ जना बालबालिकाहरुलाई उ्दार गरी अभिभावकको जिम्मा लगाएको छ । ।भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।

उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम थामी, दोलखा बावरे–५ का थोपगेल थामी, झापा शरणामति–९ का रोहन भट्टराई, शरणामति–९ का मनिक दुलाल, इलाम सूर्योदय नगरपालिका–३ की दिक्षिना तामाङ, सन्दकपुर गाउँपालिका–५ की अनुषा गुरुङ राई, सूर्योदय नगरपालिका–४ की पूजा प्रधान र झापा मेचीनगर–५ का समिर सुब्बा छन् ।

करिब २ महिनाको अवधिमा उद्दार गरिएका बालबालिकाहरु ५ देखि १८ वर्ष उमेर समूहका रहेका विश्व सेवा विस्तार संस्था भारतका प्रतिनिधि गणेश राईले जानकारी दिए ।

उनका अनुसार कम्तिमा ३ महिनाअघि र बढीमा ३ वर्षअघिदेखि घरबाट सम्पर्कविहीन भएका बालबालिकाहरुलाई उद्दारपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काइएको हो ।

नेपाली महावाणिज्य दूतावास कलकत्ताका कार्यालय सचिव सतिस थापा, विश्व सेवा विस्तार संस्था भारतका प्रतिनिधि गणेश राई, विश्व सेवा विस्तार संस्था काँकरभिट्टाका जनसम्पर्क अधिकारी अनिता गुरागाईं, सिनियर बोर्डर स्टाफ प्रमिला दुराल, बोडर स्टाप इन्द्र बहादुर बस्नेत लगायत सस्था परिवारको प्रयासमा उद्दार गरी ल्याइएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु