मेचीनगर–४ वडाकार्यालयले दियो टोल विकास संस्थालाई टनेल

2020-05-18 मा प्रकाशित

मेचीनगर,५ जेठ । तरकारी खेतीमा आत्म निर्भर बनाउने उद्देश्यले मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सोमबार वडामा रहेका टोल विकास संस्थालाई टनेल प्रदान गरेको छ । वडाकार्यालयले आफ्नो वडामा रहेका २२ वटा टोल विकास संस्थालाई टनेल वितरण गरेको हो ।

तरकारी खेतीमा बढ्दै गएको परनिर्भरता हटाउदै वडालाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले निःशुल्क रुपमा टनेल वितरण गरेको मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले बताए । वडालाई कृषिमैत्री बनाउदै बेमौसमीतरकारी खेतीको लागि प्रतिगोटा करीव ६ हजार मुल्य बराबरका टनेल वितरण गरिएको उनको भनाई छ ।

वडाले यस अघि १ हजार १ सय ५० घरधुरीलाई टोल विकास संस्थामार्फत घरघरमा पुगेर भिन्डी, बोडी, करेला, लट्टेको साग, लौका, घिरौलाको विउँविजन वितरण गरि सकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु