सरकारले पारित गर्याे ,आगामी वर्षको नीति तथा कार्यक्रम

2020-05-19 मा प्रकाशित

काठमाडौं,६ जेठ, ।सरकारले आर्थिक वर्ष २०७७र७८को नीति तथा कार्यक्रम मंगलबार प्रतिनिधि सभाबाट पारित गरेको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो ।

नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको  संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएसँगै बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रमप्रति चित्त नबुझेको भन्दै दर्ता गराइएका संशोधन प्रस्तावहरू भने फिर्ता भएनन् ।

ध्वनि मतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो । जुन प्रस्ताव बहुमतले पारित भएको हो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ।

प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएपनि यो राष्ट्रिय सभाबाट भने पारित हुन बाँकी छ । प्रतिनिधि सभापछि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेका छन् ।

सरकारले यसवर्ष स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरूमा बजेटले आर्थिक विनियोजन गर्नेछ ।

कोभिड(१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न पनि केही राहतको प्याकेज आउने अपेक्षा गरिएको छ । त्योसँगै शिक्षा, कृषि, रोजगारी र पूर्वाधारका विशेष कार्यक्रमहरू ल्याउने योजना सरकारले घोषणा गरिससकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु