मेचीनगरका ५ सयलाई क्वाररेन्टाइनमा राखिने

2020-05-19 मा प्रकाशित

मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।

लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि मेचीनगर नगरपालिकाले आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे । भारतलगायत अन्य मुलुकमा अध्ययन रोजगारीका लागि पुगेका करीव ५ सयभन्दा बढी मेचीनगरवासीलाई खान बस्नको उचित प्रवन्ध मिलाइएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई राख्नका लागि मेचीनगर— ११ स्थित धाइजनमा रहेको स्वास्थ्य केन्द्र्रलाई क्वारेन्टाइन बनाइएको छ । भारतलगायत अन्य देशबाट आएका नगरवासीहरुलाई सुरक्षितरुपमा क्वारेन्टाइनसम्म पुर्याइने उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेकाहरुरुलाई विभिन्न संघ संस्थाहरुले खानाको व्यवस्था मिलाउने छन् । क्वारेन्टाइन व्यवस्थापनका लागि वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, जिन्सी शाखाका प्रेम पराजुली र एकजना जनप्रतिनिधि रहने गरी तीन सदस्यीय समिति समेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा अलपत्र नेपालीलाई सोमबार नेपाल फर्काउने भनेर निर्णय गरिएको भएपनि आवश्यक प्रक्रिया नपुुगेको भन्दैं निर्णय कार्यान्वयन भएन । साँझ ५ बजेतिर नेपालको काँकरभिट्टा र भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकाहुदैें ४ जना मानिस नेपाल प्रवेश गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन र दमकका उनीहर उपचार गरी फर्किएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु