उद्योग व्यवसाय अव जोर विजोरमा

2020-05-19 मा प्रकाशित

मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोेभिड १९ को सक्रमण नियन्त्रण गर्न नेपाल सरकारकोतर्फबाट भएकोे लकडाउन व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाक्षेत्र भित्र रहेका व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले समय तालिका निर्धारण र सञ्चालन अनुमतीका लागि नयाँ व्यवस्था गरेको छ ।

मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गैर खाद्य हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा विक्री केन्द्र ग्यास विक्री केन्द्र विजोर गते दैनिक विहान ८ देखि मध्यान्ह १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । कृषिजन्य दुध डेरी, कुखुरा, अण्डा, नर्सरी बीउविजन, र औषधिजन्य भेटनरी तथा मेडिकल पसलहरु भने नियमित सञ्चालन हुने वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

खाद्यन्न, उद्योग तथा कलकारखानाको कच्चा पदार्थ र उत्पादित वस्तुको ढुवानीमा पास जारी गरीरहनु नपर्ने र निर्र्वाध रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । नगररपालिकाको कार्यालयसँग समन्वय गरी नदीजन्य पदार्थ विहान ६ देखि साँझ ६ बजेसम्म ओसारपसार गर्न सकिने छ । त्यसका लागि नगरपालिकाबाट आयोजना स्थल र लोेड गरिने स्थल तोकिएको पास अनिवार्य लिनुपर्ने छ । नगरपालिकाभित्र सञ्चालित वित्तिय संस्थाहरुले बैंक सहकारी तथा फाइनान्सहरुलाई आधा आधा गरी जोर विजोर गते सञ्चालनको व्यवस्था मिलाईएको र यस वारेमा नगरपालिकालाई जानकारी गराउन र बैंक कर्मचारीहरुका हकमा बैंकर्स एशोसिएशनको पास र फाइनान्स तथा सहकारीहरुको हकमा नगरपालिकाले पास जारी गर्ने छ । सरकारी कर्मचारीले परिचय पत्रका आधारमा कार्यालय जान र आउन पाउने नगररपालिकाले जनाएको छ ।

नगरपालिकाले यसको बोदार्थ मेची उद्योेग बाणिज्य संघ मेचीनगर इलाका प्रहरी कार्यालय काँकरभिट्टा र धुलावारीलाई दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु