कचनकवलका थप ५ जनामा कोरोना संक्रमण

Coronavirus. COVID-19. 3D Render
2020-05-20 मा प्रकाशित

झापा,७ जेठ । झापाको कचनाकवलमा वुधवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवलका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो ।

संक्रमितहरुमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । झापामा अझै संक्रमित भेट्न सकिने सम्भावना बढेको सामाजिक विकास मन्त्रालय श्रोतले जानकारी दिएको छ । उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने जानकारी आएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु