नाका प्रवेशमा थप कडापार्दै अर्जुनधारा

2020-05-20 मा प्रकाशित

अर्जुनधारा,७जेठ । अर्जुनधारा नगरपालिकाले नगर प्रवेशको लागि दुईवटा नाका संञ्चालनमा ल्याएको छ ।कोभिड १९ महामारी रोकथामकालागि नगरले अन्य क्षेत्रबाट हुने प्रवेशलाई रोक लगाउदै तोकेका दुई वटा नाकाबाट मात्र नगर प्रवेश गर्नुपर्ने नियमलाई कडाइको साथ लागु गरेको छ ।
नगर क्षेत्रमा कोरोनाको हुन सक्ने संक्रमणलाई रोक्नकालागि नगरमा बसेको सर्वपक्षिय बैठकको निर्णयले गरेको नियमलाई कडाइका साथ लागु गरिएको हो ।
नगर क्षेत्रमा खाध्यन्न तथा नदी जन्य सामाग्री ढुवानी तथा ओसार पोसार गर्नकालागि माता मन्दिर प्रमाणी सडक र शहिद राजन गिरी मार्ग प्रयोग गर्नु पर्ने नियम बनाएको हो ।
नगरप्रमुख हरिकुमार रानाले नगर क्षेत्रमा हुन सक्ने कोरोना भाइरसको जोखिमलाई कम गर्नकालागि यस्तो निर्णय गरिएको बताए । उनले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नगरमा हुन सक्ने संक्रमण रोक्नकालागि सीमित प्रबेश मार्ग तोकिएको बताए ।
नगरबासी सहित नगरमा प्रबेश गर्ने जो सुकैले नगरले तोकेको प्रबेश मार्ग मात्र प्रयोग गरिदिन नगर प्रमुख रानाले आग्रह समेत गरेका छन् ।
साथै नगर प्रबेश गर्नेको यी दुई मार्गमा नगरको स्वास्थ्य शाखाको टोलीले स्वास्थ्य परिक्षण गर्ने, प्रबेश गर्ने सवारीको सम्पूर्ण विवरण संकलन गर्ने लगायतका स्वास्थ्य संग सम्बन्धीत काम गर्ने नगरले जनाएको छ ।
त्यस्तै सबारी साधनका प्रकार अनुसार आईतबार र बुधबार कृषि , खाद्यान्न तथा निर्माण सामाग्री ९रड, सिमेन्ट आदि० ढुवानी गर्ने सवारी साधन संचालन हुने, सोमबार र मंगलबार जोर नम्बर भएका नदिजन्य सामाग्री ढुवानी गर्ने सवारी साधन सञ्चालन हुने त्यस्तै गरी बिहिबार र शुक्रबार बिजोर नम्बर भएका नदिजन्य सामाग्री ढुवानी गर्ने सवारी साधन सञ्चालन हुने प्रमुख रानाले बताएका छन् ।
त्यस्तै माई नगरपालिका बाट भित्रने सवारी साधनकालागी सुखानी दुर्गापुर सडक तथा लक्ष्मीपुर मदनपुर सडक सञ्चालन हुन पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु