मेचीनगरमा कृषि संग्रहालयको भवन शिलान्यास

2020-05-21 मा प्रकाशित

मेचीनगर,८जेठ । झापाको मेचीनगरमा निन्दा कृषि संग्रहालयको भवन शिलान्यास गरिएको छ ।
मेचीनगर वडा नम्बर १० को लालपानीमा नगरकै पहिलो कृषि संग्रहालयको भवन बन्न लागेको हो । ।
उक्त भवनको शिलान्यास विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो पटक बनिन लागेको कृषि संग्रहालयको भवनका लागि प्रदेश सरकारबाट सहयोग गर्ने बचन दिए ।

भवनका लागि नगरबासी, विभिन्न संघ–संस्था र स्थानीय सरकारलाई सहयोग गर्न समेत सांसद् मैनालीले आग्रह गरे ।

लालपानीका समाजसेवी मेनुका पौडेल ,रुपा पौडेल,अनिल पौडेल, , यादव पौडेल,चन्द्रकान्त पौडेल बालकृष्ण पौडेल, कमला पौडेल,लगायतका पौडेल परिवारले संस्थाका नाममा एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सो जग्गामा तीन वर्षभित्र ३ तले सुविधा सम्पन्न भवन निर्माण गरिने संस्थाका पूर्व अध्यक्ष प्रकाश खड्काले जानकारी दिए। भवनको पहिलो तलामा कृषि संग्रहालय, दोस्रो तलामा ज्येष्ठ नागरिकको सभा हल र तेस्रो तलामा विभिन्न संघ–संस्थाका कार्यालय रहने उनको भनाई छ । ।
।भवन निर्माणका लागि पहिलो चरणमा संघीय सांसद राम कार्कीको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट १० लाख र कम्पाउण्ड वाल निर्माणका लागि मेचीनगर नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने भएको उनले बताए ।
लोपोन्मुख कृषिका उपकरण, बीउँ बिजन, ढिकी, जातो लगायतका कृषि सामग्री संकलन गरेर उक्त संग्रहालयमा राखिने संस्थाको योजना रहेको सल्लाहकार समितिका संयोजक समेत रहेका खड्काले बताए ।

संस्थाले सोहि क्षेत्रमा पौडेल परिवारसँग थप ४ कठ्ठा जग्गा लिजमा लिई कृषि गतिविधिका आयोजना समेत गरिने जनाएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मेचीनगरका सभापति ईन्द्रबहादुर बुढाथोकी, नगर कार्यपालिका सदस्य कृष्ण कनाल, इन्जिनियर इन्द्र थापा, समाजसेवीहरु दलबहादुर कट्टेल, अनिल पौडेल, विपि भट्टराई, हृदय राजबंंशी, रुपा पौडेल, टिकाराम पौडेल, साङे शेर्पा, पदम कटुवाल, कृष्णराज सिटौला, महेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।

निन्दा कृषि सहकारी संस्थाका अध्यक्ष नरहरी नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत संयोजक खड्का र सञ्चालन जिल्ला जडिबुटी सहकारी संघ झापाका अध्यक्ष यादव पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु