काँकरभिट्टाबाट रातारात बाहिरिए अलपत्र ७८ जना

2020-05-22 मा प्रकाशित

मेचीनगर । झापाको बिभिन्न उद्योगमा कामगर्दै आएका र घर जान नपाएर अलपत्र परेका ७८ जना नेपालीसहित भारतीयहरु विहीबार रातिनै काँकरभिट्टाबाट बाहिरिएका छन् ।

केहि दिन देखि काँकरभिट्टामा अलपत्र परेर भौतारी रहेका ७८ जना नेपालीसहित भारतीयहरु काँकरभिट्टाबाट रातिनै पारी तरेका हुन् ।

झापाका विभिन्न उद्योगमा काम गर्ने उक्त संख्याका नेपालीसहित भारतीय मजदुरहरु स्थानीयको सहयोगमा प्रहरीको आँखा छल्दै राति १० वजे हिडेरै पानीट्याङ्की पुगेको जनाएको छ ।

ससाना दुधेबालक च्यापेका महिलादेखि वृद्वासम्मका व्यक्तिहरु हिडेर रातिनै नक्सलबारी पुगेको होटल व्यवसयाी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

भारतको पश्चिम बंगालका करिव ७८ जना बंगाली मुलका तथा प्रवासी नेपालीहरु काँकरभिट्टाबाट भारत छिरिसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु