बजार अनुगमन प्रभावकारी बनाउँ

2020-04-18 मा प्रकाशित

कोरोना भाईरसको त्रास सँगै बजारमा उपभोग्य सामानहरुको अभाव हुन थालेको छ । दैनिक उपभोग्य बस्तु देखि स्वास्थ्य सँग जोडिएका औषधि तथा माक्सको समेत अभाव हुँदै गएको छ । कोरोनाको त्रासले जनजीवन प्रभावित बन्दैगएको बेला ब्यापारी भने यतिखेर मौकामा चौका हान्ने दाउमा छन् । बजारमा कृत्रिम अभाव सिर्जना गरी व्यापारी हरुले बढी मुनाफा लिएर सामान विक्रि गर्न थालेका छन् । भने उपभोत्ताहरुले समेत सामान नपाईने डरले आवश्यक भन्दा बढी सामान खरिद गरेर स्टक गर्न थालेका छन् ।

सरकारले नेपालमा ६ महिना सम्म आवश्यक पर्नै औषधि तथा बिभिन्न उपभोग्य सामाग्रिको अभावनहुने बताईरहदा उपभोक्ता भने सामान नपाएर भौतारिन थालेका छन । बजारमा ५ रुपैयाँमा पाईने माक्स व्यापारीले २५ रुपयाँमा बिक्रिगर्न थालेपछि स्थानीय सरकारले केहिदिन यता बजार अनुगमन सुरु गरेर व्यापारीहरुलाई कृत्रिम अभाव शिर्जना नगर्न अनुरोध गरिरहेको छ ।

देशा आईपरेको यस किसिमको सामूहिम समस्यामा सबै क्षेत्रबाट हातेमालो गर्नु पर्ने समयमा बढी भन्दा बढी पैसा कमाउको बाटोमा लागेपछि प्रहरीले झापामा शुक्रवार माक्सको कालोबजारी गर्नै दुईजना व्यापारीलाई नियन्त्रणमा लिएको भने देशका बिभिन्न ठाउँमा माक्स नियन्त्रणम लिन थालेको छ । माक्स मात्र नभएर यतिखेर सिलिण्डर , दैनिक उपभोग्य बस्तु चिनी, तेल लगायत विभिन्न सामाग्रिहरुको अभाव हुदै गएको छ । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले बजारअनुगम सुरु गरेको जनाएका छन् । सरकारले विषेश परिस्थितिमा मात्र सामान्य रुपमा बजार अनुगमन गर्नै परिपाटि पुरानै हो । यसलाई नियमित र प्रभावकारी बनाउन सकेको छैन । कोरोनाको उच्च जोखिम बढदै गएपछि सरकारले भारतसँग सिमा जोडिएका सम्पूर्ण नाका बन्द गर्नै घोषण गरिसकेको छ ।

नेपाल हरेक कुरामा परनिर्भर देश हो त्यसैले सरकारले खाध्यान्न लगायत बिभिन्न सामाग्रिको अभाव हुन नदिन समयमै सचेत हुन जरुरी छ । यो सँगै बजारमा कृत्रिम अभाव शिर्जाना हुन नदिन बजार अनुगमानलाई प्रभावकारी बनाउन आवश्यक छ । अन्यथा कोरोनाको संक्रमण लम्वीदै जाने हो भने खाध्यान्न संकट निम्तिन सक्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु