संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाटसर्वसम्मत पारित

2020-06-13 मा प्रकाशित

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो ।
प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ ।

भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो । लकडाउनको अवधिमा भारतले उक्त भूभाग हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।
नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, ०७७ प्रतिनिधिसभाबाट पारित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनि राखेको प्रस्तावमा मतविभाजन गरिएको थियो ।
२५८ जना सांसदहरु उपस्थित भएका थिए । मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा २५८ जना सांसदहरुले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् । सभामुख अग्नी सापकोटाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक मतविभाजनका लागि प्रस्तुत गरेका थिए ।

सो क्रममा सांसदहरुले हस्ताक्षरसहितको मतविभाजन गरेका हुन् । सो क्रममा संशोधनको विपक्षमा मत नपरेपछि विधेयक सर्वसम्मत पारित भएको हो । प्रतिनिधसभाबाट पारित भएपछि विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पारित गरिनेछ ।

संघीय संसदको दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ ।
बाह्रखरीबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु