बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य

2020-06-25 मा प्रकाशित

मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । ।

विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् ।

उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए

नेपालको संविधानले प्रत्येक वर्षको असार १० गते स्थानीय तहहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्छ ।

उक्त नीति तथा कार्यक्रम सहितको बजेट असार २५ गतेसम्मको नगर सभाबाट सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

नगरपालिकामा जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको विवादका कारण नगर सभा रोकिएको बुझिएको छ ।

मेचीनगरमा बुधबार नगर सभा शुरु भयोे तर नीति तथा कार्यक्रम प्र्रस्तुत हुन सकेन ।

नेकपालाई लक्षित गरी नगरप्रमुख आचार्यले भने जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको खेलले आफुले भने जस्तो बजेट ल्याउन नपाएकोमा विवाद उत्कर्षमा पुगेको बताए ।

नगरलाई नै घाटा हुने गरीको बाहिरबाट ल्याइएको बजेट लागु गर्न नसक्ने भएकोले नगर सभा रोकिएको आचार्यको भनाई छ ।

विहीबार नेकपा, नेपाली काङ्ग्रेस लगायत दलका झापा प्रमुखहरुसँग नगरप्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले छलफल गरेका थिए ।

जवाफदेहिताको हिसावले सबै पार्टीका नेताहरुसँग छलफल गरेर २÷३ दिनभित्र जनमुखी बजेट ल्याउने नगरप्रमुख आचार्यको भनाई छ ।
नगरप्रमुख र उपप्रमुखले तयार पारेको नीति तथा कार्यक्रम चाडै प्रस्तुत गरिने उपप्रमुख उप्रेतीलेको भनाई छ

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु