सलह किरा नेपाल भित्रिएपछि किसान चिन्तित

2020-06-27 मा प्रकाशित

झापा,१३ असार। अन्नबाली खाएर अनिकाल निम्त्याउन सक्ने सलह किरा नेपाल भित्रिएको छ । नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । यो किरा शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६।१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा ठूलो झुन्ड सलह रहेको उनले जानकारी दिए ।

‘बदम, धानका बोटहरु खाँदै छ, मैले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गराईसकेको छु । अहिले स्थानीयसहित हामी प्राविधिकहरु खटेका छौं । विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाउँदैछौं ।’

बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता मन्त्रालयका प्रवक्ता सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्‍याएको भने खुलिसकेको छैन ।

बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादव पानी परिरहेको बेला सलह किरा नेपाल भित्रिएको पुष्टि भएको बताए ।

‘हाम्रो टोली तत्काल परिचालन भयो, किराहरु रुखमा बसिरहेको हामीले भेट्यौं, त्यहाँ किराको झुन्ड सानो थियो, बाली संरक्षण प्रविधिकले हेर्दा त्यो सलह भन्ने पुष्टि भयो,’ केन्द्र प्रमुख यादवले भने । उनकाअनुसार पानी रोकिएपछि किराहरुले त्यहाँ पनि तरकारी बाली खान थालेका छन् ।

‘किराहरु ठूलो संख्यामा निजगढमा छ भन्ने पछिल्लो सूचनापछि हामी अहिले त्यता जाँदैछौ हामीसँग प्राविधिक पनि छन् तत्कालका लागि हामीले किरा भएको क्षेत्र पहिल्याउँदैछौं,’ उनले भने । सलह किरा नेपालमा प्रवेश गरे सँगै किसान चिन्तित बनेका छन् ।

अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु