मेचीनगरका दुई पत्रकार संगठन बीच एकता

2020-06-27 मा प्रकाशित

मेचीनगर । मेची बोर्डर जर्नालिष्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरवीच एकता भएको छ । नगरमा पत्रकारहरुको छाता संगठनका रुमा दुईवटा संस्था रहेका थिए । दुवै संस्थाले पत्रकारहरुको हक हित र सुरक्षा तथा उनिहरुको क्षमता अभिबृदि गर्न नसकेको भन्दै सदस्यहरु तथा नयाँ पुस्तका पत्रकारहरु संगठन प्रति असन्तुष्ट बनेपछि दुवै संस्था एक भएर पत्रकारहरुको हक हित र सुरक्षमा लाग्ने भएका हुन ।

शनिबार काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा एकिकरण घोषणा भेला समेत सम्पन्न भएको छ ।

भेलाले नयाँ पुस्ताका पत्रकारलाई समेट्दै प्रेस क्लब मेचीनगर बनाउने र एकिकरणपछि तीन महिनाभित्र अधिवेशन गर्ने निर्णय गरेको छ ।

आगामी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न मेची बोर्डरका तत्कालीन अध्यक्ष मुक्ति पौडेल संयोजक, प्रेस क्लबका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र निरौला सहसंयोजक र नयाँ पुस्ताको नेतृत्व गर्दै पत्रकार झुलन रेग्मी सचिव रहने गरीको समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिमा मेचीनगरमा क्रियाशील सबै पत्रकार सदस्य रहने छन् । मेचीनगरमा ३५ भन्दा बढी पत्रकार क्रियाशील छन् ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता तथा एकीकरण कार्यदलका संयोजक एवम् नेपाल पत्रकार महासंघ झापा सचिव सन्तोष आचार्यको सभापतित्वमा सम्पन्न सभामा कार्यदलका सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, संस्थाका पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन कार्यदलका सदस्य प्रकाश पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु