नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो

2020-06-29 मा प्रकाशित

झापा,१५ असार । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । सोमबार ४ सय ७६ जना कोरोना संक्रमित थपिए सँगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेक पुगेको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५÷५ जना, प्युठान, चितवन र महोत्तरीका ४÷४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २÷२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक÷एक छन् ।

यस्तै, काठमाडौं उपत्यकामा पनि ८ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका एक÷एक जना छन् ।

। हाल सम्म २९ जनाको मृत्यु समेत भईरहेको छ भने ३ हजार १ सय ३४ जना निको भई घर फर्कि सकेका छन्

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु