थोप्लेविरान वनमा कागती र एभोकाडोका विरुवा रोपण

2020-06-30 मा प्रकाशित

मेचीनगर, १६ असार । मेचीनगर—९ स्थित थोप्लेविरान सामुदायिक वनले वनक्षेत्र भित्र कागती र एभोकाडोका चार सय विरुवा रोपण गरेको छ ।सो अवसरमा सामुदायिक बनले उपभोक्तालाई आत्मनिर्भर बनाउने उद्देश्यले कागती र एभोकाडोका विरुवा वितरण गरेको छ ।

उपभोक्तालाई प्रति परिवार एक÷एक कागती र एभोकाडोका विरुवा वितरण गरेको सामुदायिक वनकी सचिव जानुका ओलीले बताइन् ।

सो सामुदायिक बनमा ५५०उपभोक्ता परिवार रहेको सचिव ओलीले जानकारी दिइन् सो वन १९० हेक्टर क्षेत्रफलमा फैलिएको छ । समितिले वन परिसरमा दुई हजार पाँच सय टिक जातका विरुवा रोपेको उनको भनाईछ ।
जंगली हात्तीले गाउँ पसेर किसानले लगाएको र घरमा थन्क्याएको अन्नबाली खाएर दुःख दिन थालेपछि समितिले हात्तीलाई गााउँ पस्न नदिन जंगल क्षेत्रमा केरा खेती सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु