राष्ट्रिय हितबिपरितछ एमसीसी ः उपाध्यक्ष धिमाल

2020-06-30 मा प्रकाशित

बिर्तामोड । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना राष्ट्रिय हितमा नभएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले मंगलबार विरोध तथा खबरदारी गरेको छ ।
बिर्तामोडमा आयोजित विरोध ¥यालीमा बक्ताहरुले नेपालको राष्ट्रिय हित र सार्वभौम सत्तालाई चुनौति दिने शर्तसहितको एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए ।
विभिन्न प्ले कार्डसहित गरिएको र्याली बिर्तामोडको मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद उपाध्यक्ष दिलीप धिमालले नेपाल र नेपालीको हित विपरीत रहेको एमसीसी परियोजना स्वीकार्य नभएको बताए ।
उनले अगाडि भने, ‘नेपाल एक सर्वभौम सत्ता भएको मुलुक हो । न हिजो हामी कसैको दास बनेका थियौं न आज कसैको दासत्व स्वीकारछौं ।’ उपाध्यक्ष धिमालले यदी दुई तिहाइको आडमा जबरजस्ती लागू गर्न खोजिए जनता चुप लागेर नबस्ने बताए ।
कोणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष धिमालले संसारका गरिब देशहरुलाई आर्थिक लोभ देखाएर अधिनस्तमा लिने अमेरीकाले नेपालमा पनि सोही नीति अवलम्बन गर्न लागेको र राज्यको ठूला राजनीतिक दलहरु पनि प्रलोभनमा परेको आरोप लगाए ।
विरोध सभामा कोरोना महामारी नियन्त्रणको नाममा भ्रष्टाचार गरेको बताउँदै अब सरकारले प्रत्येक नेपाली नागरिकलाई त्यसको हिसाब दिनुपर्ने बताए ।
उनले कोरोना न्यूनिकरणका लागि जनस्तरबाट पनि नगद तथा जिन्सी सहयोग प्रदान गरिए पनि सरकारले आम नागरिकको स्वास्थ्यप्रति पूर्ण चासो नराखेको र जिम्मेवारीबाट पन्छिएको बताए ।
पार्टी जिल्ला अध्यक्ष भवानी सेलिङको सभापतित्वमा भएको विरोध सभामा प्रदेश नं। १ का कार्यवाहक अध्यक्ष पर्शुराम मगर, प्रदेश सचिव कृष्णकुमार थेवे, संघीय परिषद सदस्य राज खम्बू, जिल्ला उपाध्यक्ष पार्वती माङ्मु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव पदम लिम्बूले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु