मेचीनगरमा ७सहित झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

2020-07-01 मा प्रकाशित

मेचीनगर । बुधबार मेचीनगरमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।मेचीनगर–५ का ४ जना, मेचीनगर–११ का १ जना र मेचीनगर–१० का २ जना कोरोना संक्रमित थपिएका हुन् ।संक्रमित ७ जनामध्ये ६ जना महिला र १ जना १३ वर्षका बालक छन् ।
योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । मेचीनगरमा ७ सहित झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा गौरादहका ७ जना, बुद्धशान्तीका ५, जना, र गौरीगञ्जका १ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
मेचीनगरमा कोरोना पुष्टि भएका सबै संक्रमित भारतबाट आएर धुलावारीस्थित अतिथि सदन भवनको क्वारेन्टाइनमा रहनु भएको सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु