रोटरीले बनाईदियो दुईवटा अस्थायी शौचालय

2020-07-02 मा प्रकाशित

लक्ष्मी उप्रेती
मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०÷२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको होल्डिङ सेन्टर तथा काँकरभिट्टा स्क्रिनिङ्ग सेन्टरमा दुईवटा अस्थायी शौचालय निर्माण गरी वडा सरकारलाई हस्तान्तरण गर्नुभएको छ । त्यहा आवश्यक खानेपानीको व्यवस्था काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निःशुल्क जडान गरिदिएको अध्यक्ष खनियाले बताए ।

रोटरी क्लब अफ काँकरभिट्टाका, न्यायो सहयोग, रोट्रयाक क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पहमा करीव ५० हजार रुपैयाँ मुल्य बराबरमा दुईवटा अस्थायी शौचालय निर्माण भएको छ । उक्त ठाउँमा नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणकले सौजन्यरुपमा स्क्रिनिङ्गको व्यवस्था गरेको छ ।

अध्यक्ष खनियाँले मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई चाबी हस्तानतरण गरेका थिए । स्थानीय सरकारले गर्ने काम रोटरीसहित अनय संस्थाले गरेकोमा खुशी व्यक्त व्यक्त गदैं वडाध्यक्ष तामाङले रोटरीले समाजमा स्वास्थ्य, शिक्षा, वातावरणलगायत अन्य क्षेत्रमा गरेको योगदान कहिल्यै भुल्न नहुने बताए ।

अध्यक्ष खनियाले आफुले पदभार ग्रहण गरेकै दिन नयाँ कामको थाली गरेकोमा खुशी व्यक्त गदैं आगामी दिनमा सवैको साथ सहयोग प्राप्त भए धेरै रचनातम्क काम गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए । कार्यक्रमको औचित्यमाथि न्यानो सहयोगका संयोजक सनि गोयलले प्रकाश पारेका थिए । रोटरी क्लब अफ काँकरभिट्टाका प्रेसिडेन्ट नोमिनि सुजन प्रधानले सञ्चालन गरेको कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिव्यराज कोइराला नेपाली सेना श्री नयाँ श्रीनाथ गणका क्याप्टन विजय काफ्लेलगायतले अहिले निक्कै आवश्यकता खडकिएको अवस्थामा रोटरीमा शौचालय निर्माण गरेर निक्कै राम्रो काम गरेको प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु