मेचीनगरमा आज थपिए १४ जना कोरोना संक्रमित,संक्रमितको संख्या ४१ पुग्यो

2020-07-03 मा प्रकाशित

मेचीनगर,१९ असार ।मेचीनगरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दो छ । नगरपालिकामा आज एकै दिन १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वावको रिपोर्टमा १४ जनाको पोजेटिभ भेटएिको प्रतिष्ठानले जनाएको छ ।संक्रमित सबै पूरुष रहेका छन् । संक्रमित हुनेहरुमा वडा नं। ५, ३, १५, ९, १०, १२ र १४ का रहेकोे प्रतिष्ठानले जनाएको छ । संक्रमित २० बर्षदेखि ५५ बर्ष उमेर समुहका रहेका छन् ।

योसंगै मेचीनगरमा संक्रमितको संख्या ४१ पुगेको छ । त्यस मध्ये ३ जना उपचार पछि घर फर्किएका छन् ।संक्रमित सबैलाई अस्पताल पठाउन लागिएको मेचीनगरका सामाजिक बिकास समिति संयोजक नविन बरालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु