कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना सर्दैन स्वास्थ्य मन्त्रालय

2020-07-04 मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने बताएका हुन् । उनले कोरोना भाइरसको संक्रमण खोक्दा, बोल्दा, हाछ्यु गर्दा निस्कने छिटाबाट सर्नेसमेत जानकारी दिए ।

उनले भने, “कोरोना संक्रमितको शव जमीनमा खाल्डो खनेर गाड्ने, जलाउने वा अन्य तरिकाले आफ्नै रितिरिवाजअनुसार व्यवस्थापन गर्न सकिन्छ ।”

उनले कोरोनाबाट मृत्यु भएका शवबाट संक्रमण नहुने भन्दै सामान्य सावधानी अपनाएर शव व्यवस्थापन गर्न सकिने बताए ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने क्रममा स्थानीय बासिन्दाहरुले अवरोध गरेपछि मन्त्रालयले अवरोध नगर्न आग्रह समेत गरेको छ ।

बाह्रखरीबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु