रोटरीको पदहस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न

2020-07-05 मा प्रकाशित

मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको ११ औँ पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबका पास्ट प्रेसिडेन्ट मोहन निरौला र सन् २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियाँले संयुक्तरुपमा अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख एवम् यस क्लबका सदस्य रोटरियन विमल आचार्यले गरेका थिए ।

होटल हिकोला हेरीटेजमा भएको कार्यक्रममा वर्ष २०१९÷२०२० का अध्यक्ष मोहन निरौलाले वर्ष २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियालाइ पदहस्तान्तरण गर्नु भएको हो । दुई चरणमा सम्पन्न कार्यक्रममा क्लबका सन् २०२०÷२०२१ का अध्यक्ष खनियालाई २०२०÷२०२१ का एजी असिस्टेन्ट गभर्नर नवीन श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए । त्यस लगत्तै अध्यक्ष खनियालले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराए ।
सन् २०२०÷२०२१ का लागि मोहन निरौला इमिडेट पास्ट प्रेसिडेन्ट, रोहितकुमार बुडाथोकी प्रेसिडेन्ट इलेक्ट, सुजन प्रधान प्रेसिडेन्ट नोमिनि, भाइस प्रेसिडेन्ट डाक्टर आनन्दराज खनाल ,भाइस प्रेसिडेन्ट तथा सर्भिस प्रोजेक्ट चेयरमा इञ्जिनियर रुद्र मैनाली, रहेका छन् । उदयकुमार श्रेष्ठ सेक्रेटरी, विवेक श्रेष्ठ जोइन्ट सेक्रेटरी, युवराज भट्टराईले कोषाध्यक्ष पदको जिम्मेवारी प्राप्त गरेका छन् ।
यसैगरी, पब्लिक रिलेशन चेयरमा कमल थापा ,रोटरी फाउण्डेशन चेयरमा राधिका गुरुङ, सरजेन्ट एण्ड आम्स विजया तामाङ, युथ सर्भिसमा दिपेन्द्रराज पाण्डे चेयर टचमा शरद खनाल, चेयर क्लव एडमिनिष्ट्रेशनमा राजु मर्हजन, क्लब एडभाइजरमा गोपाल तामाङ, क्लब ट्रेनरमा दिलीप सुवेदी, क्लब मेनटोरमा अशोककुमार श्रेष्ठ, रोट्रयाक मेनटोरमा पेमा तामाङ, मेम्बरसीप कमिटीमा कृष्णराज पौडेल तथा वेभ मास्टरको भूमिकामा मुना प्रधानले जिम्मेवारी पाएका छन् । यसैगरी पत्रकार लक्ष्मी उप्रेतीले क्लबको मिडिया कोडिनेटरको भूमिका प्राप्त गरेका छन् ।

रोहितकुमार बुडाथोकी प्रेसिडेन्ट इलेक्टले स्वागत गरेको कार्यक्रममा मोहन निरौला इमिडेट पास्ट प्रेसिडेन्टले आफ्नो कार्यकालमा भए गरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबका सन् २०२०÷२०२१ का अध्यक्ष कृष्णकान्त खनियाले आफ्नो कार्यकालमा गरिने भावी योजना प्रस्तुत गरेका थिए ।

रोटरीको मुल्य मान्यता र यसको अनुशासन परिधीमा बसेर खासगरी आफ्नो मेरो नेतृत्वमा रहेकोे टिमले रोटरीले अघि सारेको टिच कार्यक्रम अन्तर्गत शिक्षाका क्षेत्रमा मेचीनगरक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा विभिन्न शैक्षिक तथा सामाजिक गतिविधि गर्ने क्रममा आवश्यकता अनुसारका कार्यक्रमलाई निरन्तरत दिने उनले प्रस्तुत गरेको प्रतिवद्घता मन्तव्यमा उल्लेख छ ।

यसैक्रममा गतवर्ष डिष्टिकबाट प्राप्त ग्राण्टलाई कोभिड १९ का कारण यो कार्यलाई अघि बढाउन नसकेपनि यसवर्ष मेची आधारभूत विद्यालय मेचीनगर— ५ मा स्वच्छ र सफा पिउने पानीको कार्यक्रम सम्पन्न गरिने समेत गरिने जानकारी गराए ।

स्वास्थ्यका क्षेत्रमा समेत यसअघि यस क्लबले गदैं आएको कामलाई निरन्तरता दिदैं अहिले विश्वभर महामारीको रुपमा रहेको नोवल कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा समेत यो क्लबले अहम भूमिका निर्वाह गर्ने प्रतिवद्घता उनले व्यक्त गरेका थिए ।

साथै विगतवर्षमा झै यसवर्षमा समेत क्यान्सर, पोलियो मधुमेह, आँखाँलगायत अन्य रोगहरुका बारेमा स्थानीय स्तरमा चेतना अभिवृद्घि गर्ने उद्घेश्यले समय अनुसार विभिन्न स्थानमा चेतनामुलक कार्यक्रमसहित निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्ने, विभिन्नखालका सीपमुलक तालिम जस्ले आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने छ यस्ता तालिमहरु समेत आयोजना गरिने,

सामाजिकक्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्नुहुने समाजसेवीहरुको पहिचान गरी उनीहरुलाई सम्मानसहित पुरस्कृत गरिने कार्यले निरन्तरता पाउने तथा क्लबले वातावरण पर्यावरणलगायत अन्य सामाजिक क्षेत्रमा समेत सक्रियतापुर्वक काम गर्ने प्रतिवद्घता मन्तव्यमा उल्लेख छ ।

उदयकुमार श्रेष्ठ सेक्रेटरीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि आचार्य , विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उप प्रमुख मीना पोखरेल उप्रेती, २०२०÷२०२१ का एजी असिस्टेन्ट गभर्नर नवीन श्रेष्ठ, डिष्ट्रिक इलेक्ट गभर्नर सन्तोष रिजाल नोमिनि गभर्नर जितेन्द्रराज भण्डारीलगायतले नया नेतृत्वलाई बधाई ज्ञापन गदैं कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

सन् १९०५ फेव्रवरी २३ तारीख अमेरिकाको सिकागो शहर भन्ने ठाउँमा पावलह्यारिससहित अन्य चारजना मिलेर स्थापना भएको रोटरी नेपालमा सन् १९५८ नोभेम्वर २० मा भित्रिएको वक्ताहरुको भनाई थियो । रोटरी नाफामुखी नभएर सेवामुखी संस्था र रोटरी भनेको आफ्नो स्वार्थ भन्दामाथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहति समाजकालागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था भएको उनीहरुको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु