गिरीको ठाँउमा अब सिटौला बन्नेभईन सांसद

2020-07-08 मा प्रकाशित

झापा २४ असार । समाजवादी पार्टीले समानुपातिक कोटाबाट लिला सिटौलालाई सासद बनाउने भएको छ । पार्टीको निर्देशन र ह्वीप विपरीत नक्सा परिवर्तन सम्बन्धि सविधान शसोधनको बिरुद्ध अर्को संसोधन दर्ता गरेकी सासद सरीता गिरीलाई पार्टीले ससद र पार्टीबाट निस्कासन गरे पछि उनको ठाँउमा सिटौलालाई समानुपातिक सासद बनाउने भएको हो ।
समानुपातिक सुचीमा गिरी पछि सिटौलाको नाम रहेको छ । गिरी पनि खस आर्यकोटाबाटै सासद बनेकी थिईन् ।
मंगलबार समाजवादी पार्टीको पदाधीकारी बैठकले कार्यदलको सिफारीस अनुसार गिरीलाई सांसद र पार्टी दुबै बाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

समानुपातिक कोटाबाट सांसद बनेकी सरिताले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएर पनि विवादमा पर्दै आएकी थिईन् । गिरीको स्थानमा बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीलालाई पार्टीले सांसद बनाउने भएको हो ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य सिटौला ललितपुर महानगरपालिका १३ की हुन् ।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्।

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्‍यो। जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। त्यसका बिरुद्ध उनले ससोधन दर्ता गराएकी थिईन् । पार्टीले समेत फिर्ता लिन निर्देशन दिए पनि उनले अस्वीकार गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु