पाँच पोखरी सामुदायिक बनको निर्वाचन भोली , दुई अध्यक्ष बीच कडा प्रतिष्पर्धा हुने

2020-07-19 मा प्रकाशित

डम्बर बराल
धुलाबारी,४ साउन । पाँच पोखरी सामुदायिक बन उपभोक्ता समितिकोअध्यक्ष पदमा भोली सोमबार निर्वाचन हुने भएको छ । कडा प्रतिस्पर्धामा हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् ।पदाधिकारी र सदस्य गरी कुल २१ सदस्यीय समिति रहने ब्यवस्था भएपनि अध्यक्षबाहेक पदाधिकारी र अन्य सदस्यहरु यस अघि नै सहमतिबाट टुङ्गो लागिसकेको निर्वाचन आयोगका सदस्य खीम प्रसाद आङवोले जानकारी दिए ।
निर्वाचनमा यस अघि चार जनाले अध्यक्षको लागि दावी गरेको भएपनि उमेद्वारी दर्ता भने दुई जनाले मात्र गरेको निर्वाचन समितिले जनाएको छ ।
आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आचार्यले बनमा हुने भ्रष्टचार अन्यको लागि आफ्नो उमेद्वारी आवश्यक भएको बताएका छन । उनले भने बन क्षेत्रमा भ्रष्टचार मौलाएको छ त्यसलाई रोक्न दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो त्यसैले भ्रष्टचार अन्त्यको लागि सबै मतदाताले मलाई मत दिएर जिताउने छन् ।

यस अघि बनको बिभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका अध्यक्ष पदका अर्का उमेद्वार बिक्रम खालिङ्ग दलको पूर्ण सहयोग रहने र लामो समय सम्मको अनुभवको आधारमा उपभोक्ताहरुले आँफुलाई मत दिएर बिजयी गराउने बताए । खालिङ्गले यस अघि सचिव पदको जिम्मेवारी समेत सफलता पुर्वक सम्पन्न गरिसकेका छन् । उनले बनको केन्द्रिक्रित नीतिलाई संसोधन गरेर बिकेन्द्रिक्रित गर्नै आफ्नो योजना रहेको बताउँदै बनलाई पर्यापर्यटनको रुपमा बिकाश गर्ने बताए ।

निर्वाचन सोमबार बिहान ८ बजेबाट सुरु भई ३ बजेसम्म सम्पन्न हुने निर्वाचन समितिका संयोजक बासुदेव खतिवडाले बताए । उनले भने निर्वाचन समितिले आचार संहिताका बारेमा जानकारी गराई सकेको छ । हामी मर्यादित र निस्पक्ष निर्वाचन गराउने छौ । निर्वाचन पुरा भई सकेपछि भोलिनै मत गणना हुने उनको भनाई छ । सो बनमा ५सय ६०जना उपभोक्ता सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु