बीपीको ३८ औ स्मृति दिवसमा धुलाबारीमा रक्तदान, बीपीको बिचारलाई आत्मसाथ गरेर अघि बढ्नुको बिकल्प छैन ः उपसभापति कट्टेल

2020-07-21 मा प्रकाशित

डम्बर बराल

धुलाबारी,६ असार ÷ नेपाली काँग्रेसले जननायक बीपी कोइरालाको ३८ औ स्मृति दिवस देशभर बिभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली काँग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नम्बर १ क ले स्मृति दिवसको अवसरमा रक्तदान तथा बीपी चिन्तन कार्यक्रम आयोजना गरेको छ । धुलावारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका सभापति एवम् प्रदेश क्षेत्रीय समिति क्षेत्र नम्बर १ क का सभापति हर्क सुब्बाले रक्त दान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।सो अवसरमा बीपीको तस्वीरमा माल्यारपण समेत गरिएको थियो । रगत दान नै जीवन दान हो भन्दै कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस झापाका जिल्ला उपसभापति राम कट्टेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि कट्टेलले बीपी कोईराला नेपाली काँग्रेसको प्राण भएको बताउँदै बीपीले लिएको बिचारलाई आत्म साथ गरेर अघि बढ्नुको बिकल्प नभएको बताए । बीपीले सधै बिचारलाई प्रधानता दिएको बताउदै उनले भने देश ,जनता र समाजकै लागि त्याग गरेका बीपीको सिद्धान्तलाई बुझन् नसक्दा पछिल्लो समय पार्टीमा बिचलन आएको उनको भनाई थियो । देशमा चरम भ्रष्टचार मौलाउदै गएको र दुई तिहाई दम्भको सरकार शत्तिको आडमा गलतबाटो हिढन थालेको उनले आरोप लगाए । देशमा चरम भ्रष्टचार मौलाएको छ भ्रष्टचार नियन्त्रण गर्न गठित अक्तियार लाई समेत सरकारले हात खुट्टा बाधेर आफ्नो नियन्त्रणमा राखेको उनले आरोप लगाए । संसदमा कम उपस्थिति भएका कारण नेपाली काँग्रेुस प्रतिपक्षको भूमिकामा खरो उत्रन नसकेको सुईकार्दै उनले भने अव स्थानीय निर्वाचन आउन लागेको छ । त्यसैले तपाइहरु जनताका समस्या समाधानमा गाउँ जानुहोस जनताको बिचार बुझन र बुझाउन आवश्यक छ । काँग्रेस महाधिवेशन पछि सशक्त शक्तिको रुपमा एक ढिक्का भएर अघि बढने उनले बताए ।

सो अवसरमा संविधान सभा सदस्य उषा गुरुङले काँग्रेस कमजो भएका बेला देश कमजोर हुने गरेको बताउदै क्रान्ति र शान्तिका नायक युग पुरुष बीपीका हामी चेलाहरु आज कहा र कसरी चुक्यौ सोच्नु पर्ने समय आएको बताईन । उनले देश कोरोन , बाढी र भ्रष्टचारबाट थलिएको समयमा सरकार जनताको सुरक्षा भन्दा पनि आफनो कुर्सी जोगाउने खेलमा लागेर आन्तरिक कलहमा फस्दै गएको उनको भनाई थियो । सो अवसरमा क्षेत्रीय सभापति मणि उप्रेती , मेचीनगर सभापति इन्द्र बहादुर बुढाथोकी लगायतले बोलेका थिए । कार्यक्रममा जिल्ला सचिव प्रेम सम्बाहाम्फे ,ताराबीर कटुवाल , जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे , जिल्ला सदस्य पुष्पराज पौडेल, महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बु, दुर्गा खतिवडा , महिला संघ केद्रिय सदस्य गोमा भट्टराई , तरुणदल जिल्ला अध्यक्ष गोपाल तामाङ , क्षेत्रीय सचिव हरि बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । उपसभापति हिकमत क्षेत्रीले स्वागत गरेको कार्यक्रमको संञ्चालन सचिव बद्धि खड्काले गरेका थिए । उता प्रदेश ख मा समेत बिचार गोष्ठि आयोजना गरिएको थियो ।
कोइरालाको ३८औँ स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम गरिएको छ ।नेपाली काँग्रेस भद्रपुर नगर समितिले भद्रपुर–१० चन्द्रगढी स्थित धनुषमोडमा रहेको वीपीको शालिकमा माल्याअर्पण गरी विविध कार्यक्रम मानाएको हो ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त काँग्रेस पार्टीले छोड्दा पार्टी कमजोर भएको बताए ।उनले पार्टीले समाजवाद र प्रजातन्त्रलाईसँगै लिएर जानु पर्नेमा जोड दिँदै पार्टीले वीपीको मार्गदर्शनलाई भुल्न नहुने समेत धारणा राखे । पार्टी महाधिवेशन समयमै सम्पन्न हुने भएकोले कार्यकर्ताहरुले गाँउ, क्षेत्र तथा वडा विस्तार गर्दै पार्र्टी सुधृढिकरणमा लाग्नु पर्नेमा जोड दिए ।कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाली काँगे्रस झापाका सभापति उद्धप थापा, उपसभापति राम कट्टेल, नेपाल महिला संघ झापा सभापति शुसिला ढकाल, केन्द्रिय सदस्य भारतेन्दुकमार मल्लिक, जिल्ला सचिव प्रेम सम्वाहाम्फे, सदस्य ज्योती रिजाल लगायतका पार्टीका महाधिबेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधि, जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु