सांसद बानियाँद्वारा पार्क उद्घाटन्

2020-07-30 मा प्रकाशित

कचनकबल । धार्मिक ऐतिहासिक तथा पर्यटकिय क्षेत्र किच्चकवधमा निर्मण सम्पन्न भएको पार्क बिहीबार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ ।८५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको उक्त पार्कको उद्घाटन् झापा क्षेत्र न।३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका हुन । पार्क उद्घाटन गर्दै प्रमुख अतिथि बानियाँले पार्क निर्माणले यस क्षेत्रको बिकासमा थप टेवा पुग्ने बताए ।

किच्चकवध संरक्षण सिमितिका संयोजक दिलबहादुर थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, कार्यपालिका सदस्य कौशल्या अधिकारी, नेकपाका युवा नेता असारु राजवंशी लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो क्षेत्रमा फन पार्क, चिल्ड्रेन पार्क, विद्युगिय रेल, आधुनिक शौचालय, पर्यटकहरुका लागि पक्की पैदल मार्ग लगायतका संरचना निर्माण गरिएको छ ।
प्रदेश सरकारको गत आ।व।को ८५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको पार्कको २०७६ चैत १० गते शिलान्यास गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु