सागरको उपचारमा चारलाख बढी रुपैयाँ संकलन,समितिले गर्यो हिसाव सार्वजनिक

2020-08-02 मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर, १८ साउन ÷ ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस हजार चारसय नब्बे रुपैयाँँ बराबरको हिसाव पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

सागरको उपचारका लागि समितिको तर्फबाट सुरु गरिएको अभियान अन्तर्गत छोटो अवधिमा स्वतस्पूmर्त रुपमा जम्मा रकम चारलाख छब्बिस हजार चारसय नब्बे रुपैयाँ सहयोग स्वरुप प्राप्त भएको निजको उपचारका लागि जम्मा रकम दुईलाख एकचालिस हजार रुपैयाँ खर्च भई बाँकी रकम एकलाख पचासी हजार चारसय नब्बे सागर खड्कालाई थप औषधि उपचार लगायतमा खर्च गर्न नगद उपलव्ध गराएको समितिका संयोजक गोपाल बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

समितिले छिटोभन्दा छिटो स्वेच्छिक सहयोग जुटाएर खड्काको उपचारमा मद्धत पु¥याउने लक्ष्य लिएको संयोजक वस्नेतको भनाई थियो । समितिका तर्फबाट उपचारमा जुटेको रकम र खर्चको विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे अनुसार पत्रकार सम्मेलन मार्फत समितिले खर्च सार्वजनिक गरेको संयोजक बस्नेतले बताउनुभयो ।

आमा पूर्णिका खड्काका साथमा बस्दै आएका खड्का तथा खर्च अभावमा उपचारबाट कसैले पनि बञ्चित हुनु नपरोस भन्ने उद्देश्य अनुसार सुरु गरिएको यस अभियान अन्तर्गत उपचार सहयोग जुटाउन सहयोग पु¥याउनुहुने सम्पूर्ण दानवीर दाता महानुभावहरु, संघ, संस्था, कार्यालय, निकाय, सञ्चारकर्मीहरु समक्ष समितिको तर्फबाट हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिएको छ ।समितिले आफ्नो कार्य सम्पन्न गरिसकेको हुँदा आजकै मितिदेखि समिति विघटन भएको व्यहोरा समेत पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आर्थिक अवस्था ज्यादैं न्यून भएका खड्काको ब्रेन ट्युमरको शल्यक्रिया गर्न रकम अभाव भएपछि १३ असारमा मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गोपाल बस्नेतको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको थियो । पहिलो पटक २०७३ साल भदौं २ गते विर्तामोडको बीएन्डसी हस्पिटलमा न्यूरोसर्जन डा.सीपी लिम्बुले उनको टाउकाको शल्यक्रिया गरी ब्रेनको ट्युमर फालेका थिए । तर चार वर्षपछि सोही ठाउँमा ट्युमर बल्झिएपछि दोस्रो पटक न्यूरोसर्जन डा.लिम्बु नेतृत्वको टिमले विर्तामोडस्थित पुर्णटुङ्ग विर्तासिटी हस्पिटलमा गएको १३ असारमा सफलता पूर्वक दोश्रोपटक शल्यक्रिया गरेको थियो ।समितिको संयोजकमा गोपाल बस्नेत र सचिवमा माधव फुँयाल रहेका छन् भने सदस्यमा ऋषिराज तिम्सिना, कविन्द्र श्रेष्ठ, विपुल श्रेष्ठ, हरि कोइराला, रेणुका डाँगी उप्रेती, अस्मिता खरेल र नृपेन्द्र श्रेष्ठ रहेका थिए ।

बीएस्सी अध्ययन गरेका अविवाहित खड्काको घरमा आमा पूर्णिका खड्का मात्र रहेकी छन् । उनको आर्थिक अवस्था दयनीय छ । एउटा प्रतिभाशाली युवा गरीव भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भनेर मेचीनगर–९ का स्थानीयवासीले उनको उपचारका लागि सहयोग गठन गरिएको संयोजक बस्नेतले बताउनुभयो । सागरकी आमा पूर्णिकाले हालसम्मको उपचारमा १० लाख रुपैयाभन्दा बढी खर्च भइसकेको हुँदा अब उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन सार्वजनिक अपिल गरेकी थिईन् । मेचीनगर–९ का स्थानीयवासीले खड्काको उपचारका लागि सहयोग जुटाउन ९ सदस्यीय ‘सागर खड्का उपचार सहयोग समिति’ गठन गरी आर्थिक संकलनमा जुटेको थियो । सोहि बमोजि समितिले आफ्नो गतिविधि अघि बढाएको थियो । पत्रकार सम्मेलनमा सागर र आमा पूर्णिका खड्कासमेतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु