झापामा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि

2020-08-03 मा प्रकाशित

झापा,१९ साउन । झापामा सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा विर्तामोड नगरपालिकाका एक महिला सहित अर्जुनधारा नगरपालिकाका ४ जना पुरुष रहेका छन् ।

कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको आरटि पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो।

अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र कन्ट्याक ट्रेसिङका ११ जनाको पाँच दिनअघि स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंकले जानकारी दिए ।

पोजेटिभ आएका सबै पुरुष छन्। जसमा मलेसिया र कतारबाट एक–एक जना तथा दुई जना भारतबाट आएका हुन्।

विर्तामोड नगरपालिकाको क्वारेन्टिनमा रहेकी एक जना महिलामा पनि सङ्क्रमण पुष्टि भएको चौंलागाईंले बताए। उनी भारतबाट आएकी हुन्।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु