अर्थ

हात्तीबाट जोगिन बाहुनडाँगीका किसान, कागती खेती तर्फ आकर्षित

डम्बर बराल मेचीनगर । मेचीनगर ४ बाहुनडाँगीका अधिकांश किसानलाई सँधै दुईवटा कुराले पिरोल्ने गरेको छ । उनीहरुलाई एकातिर हरेक रात भोलिको सूयोदय देख्न नपाइएला भन्ने चिन्ताले पिरोल्ने गरेको छ भने अर्काे तर्फ वर्ष भरीको लागि लगाएको अन्नबाली कसरी जोगाउने भन्ने चिन्ता छ । वर्षाै अघिबाट सुरु भएको उनीहरुको यो चिन्ता अझै कम हुन सकेको छैन […]

पूरा पढ्नुहोस्

भूकम्पमा मृत्यु भएका परिवारलाई सरकारले लाई दुई लाख राहत दिने

काठमाडौँ, १९ कात्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा माविको पूर्व विद्यार्थी समाजले गर्याे १५ लाखको अक्षय कोष स्थापना गर्ने निर्णय

मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले काँकरभिट्टा माविको नवगठित पूर्व विद्यार्थी समाजले १५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । पूर्व विद्यार्थीहरुको आज बसेको पहिलो बैठकले १५ लाखको अक्षय कोष स्थापन गर्ने निर्णय गरेको र आफूबाटै कोषको सुरुवात गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । अक्षयकोषको […]

पूरा पढ्नुहोस्

पशुपति माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

बाहुनडाँगी । मेचीनगर –४ स्थित पशुपति माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र पशुपति माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा आइतबार (आज) सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त […]

पूरा पढ्नुहोस्

साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सम्पन्न

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय […]

पूरा पढ्नुहोस्

आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]

पूरा पढ्नुहोस्

अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो  । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ।  […]

पूरा पढ्नुहोस्

सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं, ५ जेठ । सरकारले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नै भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत […]

पूरा पढ्नुहोस्

क्यान्सर पीडित धनबहादुरले भने ‘मलाई अझै बाँच्न रहर छ’ उपचारमा सहयोग गरिदिनु होला

मेचीनगर, २ बैशाख । विगत १० महिनादेखि क्यान्सर रोगबाट थलिएका मेचीनगर –७ प्यारी भिट्टका धनबहादुर खत्री यतिखेर आफ्नो जीवन बचाइदिन सबै सँग सहयोगको अपिल गरेका छन् । उपचारमा आर्थिक अभाव भएपछि शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेको छ । उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लव मेचीनगरले पीडित परवारको घरैमा […]

पूरा पढ्नुहोस्

दुर्गापुर महायज्ञबाट २१ लाख ४९ हजार आर्थिक संकलन

कनकाई, २१ चैत्र ÷ झापाको कनकाई–१ दुर्गापुरमा भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञबाट लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म संचालन गरिएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले […]

पूरा पढ्नुहोस्