मुख्य खबर

सशस्त्रका हवलदारलाई इन्स्पेक्टर द्वारा निर्घात कुटपिट, ५ जना घाइते

मेचीनगर । मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेको घटना बाहिर आएको छ । हतियारधारी तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो। इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसमा सुरु भयो रुपान्तरणको अभियान

मेचीनगर । नेपाली काँग्रेसमा गुटगत राजनीति मौलाएको र पार्टी नेतृत्व पार्टीको नीति र सिद्यान्त विपरित अघिबढेको भन्दै यतिखेर देशभर पार्टी रुपान्तरण अभियान सुरु भएको छ । सोमबार झापाको धुलाबारी स्थित पार्टी क्षेत्रीय कार्यालय आयोजित पत्रकार सम्मेलनमा अभियानका बारेमा जानकारी गराएको हो । सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना […]

पूरा पढ्नुहोस्

विश्व बालश्रम विरुद्ध काँकरभिट्टामा प्रभातफेरी

मेचीनगर,२९ जेठ । ‘बालश्रम रोकौं, सुनौलो भविष्यको बारेमा सोचौं’ भन्ने मूल नाराका साथ सोमबार काँकरभिट्टाका ९ वटा संस्थाले संयुक्त रुपमा प्रभातफेरी निकालेका छन् । मेहनत मजदुरी नगराऔं, सानो हातमा कलम थमाऔं । बालबालिकालाई पढाऔं, देश अन्धकार हुनबाट जोगाऔं । भविष्यका कर्णधार हुन् । बालश्रम विरुद्धको विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौं लगायतका विभिन्न प्लेकार्ड […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको पुनर्ताजगी कार्यक्रम

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा कार्यक्रम सम्पन्न गरेको हो । सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा […]

पूरा पढ्नुहोस्

अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो  । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ।  […]

पूरा पढ्नुहोस्

मेचीनगरलाई लागू औषध प्रयोगमुक्त नगरपालिका बनाउन प्रारम्भिक प्रशिक्षण

काँकरभिट्टा । कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले खुल्ला सीमानाको कारण मेचीनगरमा लागू औषध दुर्वेशनले विकराल रुप लिँदै गएको बताएका छन् । प्रहरीले लागु औषध नियन्त्रणकोलागि सीमा नाकामा रहेर काम गर्दै आएको भएपनि त्यो प्रभावकारी हुन नसकेकोले अव नियन्त्रण र न्यूनीकरणकोलागि सबै क्षेत्र र समुदायले सहकार्य गर्नुको विकल्प नभएको बताए । आज गाउँ गाउँका झुपडीमा लागू […]

पूरा पढ्नुहोस्

धाइजन सांस्कृतिक महोत्सवमा हजारौंको घुइँचो ६ वर्षसम्म र ८० वर्षमाथिका वृद्धलाई प्रवेश निशुल्क

प्रकाश उप्रेती मेचीनगर २४, जेठ । झापा मेचीनगरको धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा कलाकारको बेजोड प्रस्तुतिले दर्शकको घुँइचो बढेको छ । जेठ २१ देखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढेको हो । २३ गते रास्ट्रिय कलाकार बिन्दु परियारले महोत्सवमा आगन्तुकलाई छ्मछ्मी नचाइन् । महोत्सव सुरुवातीकै पहिलो रास्ट्रिय कलाकारको […]

पूरा पढ्नुहोस्

मेचीनगरका विद्यालय जेठ मसान्तसम्म बिहान सञ्चालन हुने

मेचीनगर,२४ जेठ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि मेचीनगर नगरपलिकामा विद्यालय बिहान सञ्चालन हुने भएको छ । नगरपालिकाले नगरका सवै निजी तथा सामुदायिक विद्यालयहरुलाई बिहिबारबाट जेठ मसान्तसम्म बिहान ६ बजे देखी १० बजे सम्म बिद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको हो । गर्मीका कारण जनजिवन कष्टकर बने पछि यहि जेठ १८ गते देखि २४ […]

पूरा पढ्नुहोस्

इटहरी उपमहानगरपालिकासंग मेचीनगरको न्यायिक अनुभव साटासाट

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले गरेको न्यायिक कार्य सम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार इटहरी उपमहानगरपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रममा मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले मेचीनगरमा अपनाइएको न्यायिक कार्य सम्पादनको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक संगिता चौधरीले इटहरी उपमहानगरपालिका […]

पूरा पढ्नुहोस्

प्रथम दुवागडी धाइजन महोत्सव सुरु

मेचीनगर । मेनगरमा सोमबारदेखि ९ प्रथम धाइजन दुवागडी संस्कृतिक तथा संगीतिक महोत्सव सुरु भएको छ । धाइजन मोडमा आयोजित महोत्सवको सोमबार मेचीनगर उपप्रमुख मीन पोख्रेल उप्रेतीले गरिन् । कोभिडका कारण जीवनका सबै खुसी गुमाएर पीडामा बाँचिरहेको मानव समुदायलाई यस किसिमको महोत्सवले मनोरञ्जन प्रदान गर्ने र जीवनलाई पुराउने बताइन् । प्रमुख अतिथि पोख्रेलले महोत्सवलाई मर्यादित ढंगबाट […]

पूरा पढ्नुहोस्