मुख्य खबर

छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ […]

पूरा पढ्नुहोस्

धुलाबारी माविको ७२ औं वार्षिक उत्सवमा गणित प्रदर्शन

धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयले बिबिध कार्यक्रमका साथ शुक्रबार ७२ औं वार्षिकउत्सव सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुको रोचक नृत्य, गायन प्रस्तुत गरिएको थियो भने यो सँगै कार्यक्रमको अर्काे आकर्षण भने विद्यार्थीहरुको गणित प्रदर्शनी थियो । गणित विषयलाई सजिलो भाषामा बुझाउन यस किसिमको प्रदर्शनी गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईंले बताए । विद्यालयले यस अघि […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सशस्त्रको खुकुरी प्रहारबाट ६ जना घाइते

मेचीनगर । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ। झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ। मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित […]

पूरा पढ्नुहोस्

झापा गोल्ड कपको संस्थागत सदस्य बन्यो, नेपाल पत्रकार महासंघ

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो । संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरे । अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड […]

पूरा पढ्नुहोस्

आदर्श माविको सफलतामा मेचीनगर बन्यो बाधक, भवन निर्माणको रकम मेचीनगरले रोकेको विद्यालयको दावी

मेचीनगर, १७ फागुन । आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवनकोलागि संघीय सरकारबाट प्राप्त विशेष अनुदानको रकम मेचीनगर नगरपालिकाले रोक्न कार्यपालिकाको निर्णय सहित सिफारिस पठाएको भन्दै विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले संघीय सरकारबाट विशेष अनुदानको रूपमा ल्याएको बजेट रोक्न, नगरपालिकाले सिफारिस नगर्ने निर्णय गरेको जानकारी दिएको हो । विद्यालयको स्तरउन्नति र […]

पूरा पढ्नुहोस्

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुन : दुर्गाप्रसाद पाठक

भद्रपुर १७ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी को पाचौ अधिवेशन तथा साधारणसभाले अध्यक्षमा पुनः दुर्गाप्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार चन्द्रगढिमा सम्पन्न सभाले समितिको उपाध्यक्षमा बाबुराम कार्की महिला उपाध्यक्षमा मिरा सन्जेल, सचिवमा खडगबहादुर बुढाथोकी, सह सचिवमा निर्मला बास्तोला र कोषाध्यक्षमा ज्योति न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सदस्यहरुमा क्रमशः कृष्णप्रसाद […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेन्किल इन्स्टिच्युटमा दुई दिवसीय इन्जिनियरिङ्ग प्रदर्शनी सुरु

डम्बर बराल धुलाबारी । मेचीनगर १० रधुवीरबाडी स्थित मेचीनगर पोलिटेन्किल इन्स्टिच्युट परिषर बिहीबार बिहानादेखि निक्कै भिडभाड थियो । सबै जना क्याम्पस परिसमा सजाइएको सुन्दर मेचीनगर, धरहरा, यातायातका साधनहरुलाई नियालीरहेका थिए । सोही कलेजका विद्यार्थीहरुले आफ्नो शिप, क्षमता, र दक्षता प्रस्तुत गरेर आज पहिलोपटक इन्जिनियरिङ्ग प्रदर्शनी आयोजना गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका ती सामाग्री नियाल्न […]

पूरा पढ्नुहोस्

१४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको प्रथम, दोस्रो र तेस्रो पदक शिरिसे माबिकोे पोल्टामा

माई जोगमाई । माङसेबुङ गाउपालिकाको डोलटारमा संचालित १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि बनेको माईजोगमाई गाउपालिकाको शिरिसे माबिका बिद्यार्थीहरूले प्रथम, दोस्रो र तेस्रो पदक हात पारेका छन् । बिद्यालयबाट सहभागी खेलाडी सुनिता राईले १५०० मिटर दौडमा स्वर्ण पदक , ३००० मिटर दौडमा रजत पदक र ४*४००  मिटर रिले दौडमा स्वर्ण पदक हात […]

पूरा पढ्नुहोस्

पत्रकार बजगाई सम्मानित

काठमाडौं । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले […]

पूरा पढ्नुहोस्

झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ७ लाख सहयोग

बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बुधबार गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच झापाली समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । […]

पूरा पढ्नुहोस्