होटल व्यवसायी संघ मेचीनगरको आयोजनामा अन्तरकृया

2023-07-16 मा प्रकाशित

काँकरभिट्टा । होटल व्यवसायी संघ मेचीनगरको आयोजनामा शनिवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाईको ढाँचामा आयोजना गरिएको कार्यक्रममा व्यवस्थित काँकरभिट्टा बनाउने विषयमा वृहत् रुपमा छलफल भएको थियो ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै होटल व्यवसायी संघ अध्यक्ष सुरेश कुमार श्रेष्ठले सुन्दर काँकरभिट्टा बनाउने अभियानमा सबैलाई जोड्न कार्यक्रमको आयोजना गरिएको बताए ।
अन्तरकृयामा सहभागिहरुले व्यवसायीलाई हेर्ने आम नजर फेरिन जरुरी रहेको बताए । उनीहरुले भारतीय गाडीको यथोचित व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्नेमा जोड दिए ।
हज्जारौं होटल व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको बताउँदै उनीहरुले व्यवसायलाई संरक्षण गर्न स्थानीय सरकारको नेतृत्वमा सम्पूर्ण राजनीतिक दल लाग्नु पर्ने बताए । कमिसनको खेलाले व्यवसायी मारमा परेको उनीहरुको भनाई थियो ।

होटल व्यवसायी संघ बजार संयोजक रामबहादुर तामाङले विदेशी नागरिकको आवतजावत बन्द गरिंदा पर्यटन व्यवासाय धराशायी बन्ने अवस्थामा पुगेको बताए ।

काँकरभिट्टा क्षेत्रमा खानाको दर ५० देखि ३५० रुपैयाँसम्मको असन्तुलन रहँदा व्यवसायी मारमा परिरहेको तामाङले बताए । विकृति विरुद्ध सबै जुट्न सबै सरोकारवालामा उनले आग्रह गरे।

इ रिक्साको व्यवस्थापन गर्ने हो भने सबै समस्या समाधान हुने अन्तरकृयाका सहभागी स्थानीय व्यवसायी खगेन्द्र कार्कीले सुझाव राखे ।

पुलमै दलाली हुँदा मान्छे र पोका खोसाखोस् हुने अवस्था आउनु लज्जास्पद भएको पर्यटन व्यवसायी पेमा तामाङले बताए ।

कमिसनको खेलको पछि लाग्ने हो भने काँकरभिट्टा क्षेत्रमा जनधनको प्रवाह नै नहुने अवस्था आइपर्ने अधिकांश सहभागीले धारणा राखे ।

ुअट्टो इ(रिक्साु प्रालि मेचीनगर अध्यक्ष गणेश चौहानले आरोप प्रत्यारोपमा लाग्नु भन्दा सबै मिलेर काँकरभिट्टा हराभरा बनाउन लाग्नु पर्ने बताए।

राजनीतिक दल केका लागिरु भन्ने प्रश्न गर्दै व्यवसायी राजेन्द्र श्रेष्ठले काँकरभिट्टा हराभरा बनाउने जिम्मा राजनीति दलले लिनु पर्ने बताए ।

त्यसपछि बोलेका इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले पैसा लिएर प्रहरीले गलत काम नगर्ने दावी गरे । पैसा लिएर सामान छिराउने काम गरेको प्रमाण भए तुरुन्तै कारबाही गरिने डिएसपी भारतीले बताए ।
व्यवसायीले नै भारतीय नंका गाडी चढेर हिँड्ने गरेको बताउँदै उनले बिकृती रोक्न प्रहरी निरन्तरत जुटिरहेको बताए ।

राम्रो कुरालाई राम्रो गरेको भन्दिन आग्रह गरडिएसपी भारतीले प्रहरीले गलत कुरामा कसैलाई उम्कन नदिने र राम्रो कुरामा सदैव साथ दिने प्रतिवद्धता जनाए ।

प्रहरीले अटो रिक्सा व्यवस्थापनलगायतमा उल्लेख्य काम गरिरहेको बताउँदै उनले व्यवसायीबाट सोचे जति साथ पाउन नसकेको दुखेसो गरे ।

पुर्व मेची बस व्यवसायी प्राली अध्यक्ष विष्णु श्रेष्ठले स्थानीय सरकार नलागेसम्म कसैको पहलको अर्थ नहुने बताए ।

बिंड हैन तावा तात्नु पर्ने बताउँदै उनले स्थानीय सरकारसँग पुनस् यी समस्याको समाधानमा लागि दिन आग्रह गरे ।

बस पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले नियोजित ढंगमा काँकरभिट्टा नाकालाई कमजोर बनाउने काम भइरहेको बताए । पर्यटकको आवगमन बन्द गिरिनु त्यस्को ज्वलन्त उदाहरण रहेको घिमिरेले बताए । उनले प्रहरीले पैसा लिएको नलिएको बिषयमा छानवीन गर्न तयार रहने हो रु भन्दै डिएसपी भारतीलाई प्रतिप्रश्न गरे ।

कमिसन बन्द गर्न संभव नभएको व्यंग्य गर्दै घिमिरेले यसलाई न्यूनीकरण गर्न आग्रह गरे । उनले नाका खुला गर्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउन नेतृत्वदायी भुमिका खेल्न मेची उद्योग वाणिज्य संघलाई अध्यक्ष प्रसाईंमार्फत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकी , नेकपा मावोबादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रसाईं, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंलगायतले आफ्नो धारणा राख्दै सामुहिक सहयोग रहने प्रतिवद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा नगरका अधिकांश राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय प्रमुख, विभिन्न व्यवसायी संघरसंगठनका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम पूर्व मेची बस व्यवसाय प्रालिको सभाहलमा आयोजना गरिएको थियो । होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष श्रेष्ठको अध्यक्षता, सचिव हस्त तामाङको संचालन रहेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु