स्थानीय खबर

मेचीनगरमा पाँच दिनमा २५ हजारले लगाए जेईविरुद्धको खोप

मेचीनगर । झापाको मेचीनगरमा जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत पाँच दिनमा २४ हजार ९९९ जनाले खोप लगाएका छन् । नगरपालिकाका १५ वटै खोप केन्द्रबाट शुक्रबारसम्म उक्त संख्यामा नागरिकले खोप लगाएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । उहाँले ३० वर्षमाथिका सबै नागरिकलाई अभियानमा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ । […]

पूरा पढ्नुहोस्

नकलबन्दा समाज विकास समितिको अध्यक्षमा पुन : इन्द्रबहादुर

नकलबन्दा । मेचीनगर–५ र ६, नकलबन्दामा सामाजिक एकता, आपसी सद्भाव, विकास तथा स्थानीय समुदायको हितका लागि सक्रिय रहँदै आएको नकलबन्दा समाज विकास समितिको आगामी तीन वर्षे कार्यकालका लागि बुधबार नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा इन्द्रबहादुर तामाङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ज्योती न्यौपाने खड्का, सचिवमा पशुराम पराजुली, सह–सचिवमा निखिल […]

पूरा पढ्नुहोस्

कांग्रेस मेचीनगर सभापतिमा योगेन थापा निर्वाचित

धुलाबारी । नेपाली कांग्रेस मेचीनगरको सभापतिमा योगेन थापा मगर निर्वाचित भएका छन् । उनी ३७८ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि मेचीनगर कांग्रेसको उपसभापति थिए । उनका प्रत्यासी भक्त बहादुर तामाङले १६४ मत मात्र ल्याएका छन् । धुलाबारीको टाउन हलमा अहिले भर्खरे सम्पन्न मत परिणाम अनुसार उपसभापतिमा कञ्चन बराल निर्वाचित भएका छन् । […]

पूरा पढ्नुहोस्

विद्युत्को तारमा मोटरसाइकल बेरिँदा पत्रकार आचार्य दुर्घटनामा, दोषीमाथि कारबाहीको माग

मेचीनगर । सडकमा विद्युत्को तार असरल्ल छरिएको अवस्थामा गुडिरहेको मोटरसाइकल त्यसैमा बेरिँदा मेचीनगरका पत्रकार युवराज आचार्य दुर्घटनामा परेका छन् । मेचीनगर–८ निवासी पत्रकार युवराज आचार्य आफ्ना बुबालाई मोटरसाइकलमा लिएर बिरामी हजुरआमालाइ भेट्न  गइरहेका बेला मेचीनगर ४ स्थित पाथीभरा टोलमा सडकमा छरिएको विद्युत्को तार मोटरसाइकलमा बेरिएपछि दुवैजना लडेका थिए । मोटरसाइकल दुर्घटनामा परे पनि आचार्य र […]

पूरा पढ्नुहोस्

मेचीनगर–४ का किसानलाई पशु स्वास्थ्यबारे परामर्श

मेचीनगर । पशुमा लाग्ने विभिन्न रोगको रोकथाम, उपचार तथा औषधिको सुरक्षित प्रयोगबारे मेचीनगर–४ का पशुपालक किसानलाई जानकारी दिइएको छ। मेचीनगर नगरपालिका–४ को आयोजनामा भएको एकदिने पशु स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रममा गाईवस्तुमा लाग्ने खोरेत रोग (एफएमडी), लामखुट्टेको टोकाइबाट सर्न सक्ने जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पशुपक्षीमा प्रयोग हुने एन्टिबायोटिकप्रतिको प्रतिरोध क्षमता (एन्टिमाइक्रोबियल रेजिस्टेन्स) बारे जानकारी दिइएको हो। कार्यक्रममा […]

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न

मेचीनगर । ११औँ संविधान दिवसको अवसरमा नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं मेचीनगर नगरस्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित शान्तिपथ इङ्गलिस स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका नेशनल प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । विद्यार्थीहरूमा साहित्यिक सिर्जनशीलता, लेखन तथा वाचन क्षमता, आत्मविश्वास र बौद्धिक विकास अभिवृद्धि गर्ने तथा नेपालको […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसर पारेर शुक्रबार पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा अंग्रेजी विषयतर्फ उत्कृष्ट औसत जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै शिक्षक कुलमणि भण्डारीलाई सम्मान गरेको छ। भण्डारीलाई सन्तलाल माझी अक्षयकोषमार्फत सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख […]

पूरा पढ्नुहोस्

मेचीनगरमा असोज ५ देखि जेईविरुद्ध खोप अभियान

मेचीनगर । मेचीनगरपालिकामा यही असोज ५ गतेदेखि जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। नगर क्षेत्रमा जेई संक्रमणको जोखिम बढ्दै गएपछि ३० वर्षमाथिका ६५ हजार ५२५ जनालाई खोप लगाउने तयारी गरिएको मेचीनगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। मेचीनगरमा चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म ६ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ भने […]

पूरा पढ्नुहोस्

पत्रकार सन्तोष आचार्य उज्यालो नेपालमा प्रवेश

झापा, । झापा मेचीनगरका पत्रकार सन्तोस आचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । राजनितिक, सामाजिक र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय काकरभिट्टा निवासी आचार्यलाई सोमबार  काठमाण्डौमा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेका हुन् । निरन्तरको छलफल पछि उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने निर्णय गरेको आचार्यले […]

पूरा पढ्नुहोस्

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसिए मेचीनगरका महिला उद्यमी

मेचीनगर, २४ भदाै । स्थानीय अर्गानिक उत्पादनलाई प्रवर्द्धन गरी ब्राण्ड बनाउन मेचीनगरका महिला उद्यमीहरू लागि परेका छन् । उदय परियाेजनाले मेचीनगरका साना तथा मझौला उद्योगी हरूका लागि क्षमता अभिवृद्धि (पहुँच विस्तार वीडीएसपी सत्र तथा एसएमई दर्ता आवद्वता)  विषयमा जानकारी गराएकाे छ । बुधबार मेची उद्योग बाणिज्य संघकाे आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशकाे प्रवर्द्धन […]

पूरा पढ्नुहोस्