स्वास्थ्य
मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए
मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराएको हो । २०८२ साउनदेखि मंसिर महिना सम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । […]
पूरा पढ्नुहोस्
वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर
मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक […]
पूरा पढ्नुहोस्
सामूहिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाले १८ औ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । मेचीनग – १२ स्थित सहरेडाँगीमा मुख्य कार्यालय रहेको सहकारीले शुक्रबार सामाजिक उत्तरदायीत्व अन्तर्गत धुलाबारी सेवाकेन्द्रमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काँकरभिट्टा स्थित दिब्यज्योती आँखा अस्पतालको […]
पूरा पढ्नुहोस्
एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक
मेचीनगर । मेचीनगर– ५ राममन्दिर टोल निवासी एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक परेको छ । उनको पत्नी सर्मिला भट्टराई ढुंगानाको शुक्रबार राती २८ वर्षको उमेरमा निधन भएको हो । काठमाडौ. स्थित सिभिल अस्पतालमा उपचारत अवस्थामा १२: २५ बजे उनको निधन भएको परिवारले जनाएको छ । दुई सताअघि आँखामा समस्या भएर मेची नेत्रालय काँकरभिट्टामा जचाउन जाँदा […]
पूरा पढ्नुहोस्
दुवै मृगौला खराव भएकी रीताको उपचारमा सहयोग गरिदिन परिवारको अपिल
मेचीनगर । दुवै मृगौला खराव भएपछि मेचीनगर–७ स्थित मदन बस्तीकी ४० वर्षीय रीता राजबंशीको उपचारमा यतिखेर आर्थिक अभाव सिर्जना भएको छ । उपचारमा आर्थिक अभाव भएपछि राजबंशी परिवारले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ । विगत ८ महिनादेखि मृगौला रोगकै कारण थलिएकी रीताको परिवारले आफन्तजन र स्थानीयको सहयोगमा उपचार गराउँदै आएको भएपनि अवभने उपचारमा […]
पूरा पढ्नुहोस्
मेचीनगर–४ वडा कार्यालयले वडाबासीको धमाधम घर बीमा गर्दै
मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। विशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न घर बीमा योजना लागू गरिएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार, बीमा […]
पूरा पढ्नुहोस्
अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलले जनायो आपत्ति
बिर्तामोड । बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा – ५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो । तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी एकजना शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकमा भ्रम फैलाएको अस्पतालले जनाएको छ […]
पूरा पढ्नुहोस्
हर्ट फाउन्डेशनको हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
कनकाई । नेपाल हृदय रोग निवारण प्रतिष्ठान (हर्ट फाउन्डेशन) झापाले हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सहारा नेपाल साकोस चारपानेको सभा हलमा सम्पन्न कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग स्थानीय नागरिकहरूबीच अन्तरक्रिया गरिएको हो। जनस्वास्थ्यप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै संचालन गरिएको अन्तरक्रियामूलक कार्यक्रम स्वास्थ्य चेतना अभिवृद्धिको एक महत्वपूर्ण […]
पूरा पढ्नुहोस्
मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस भएको पुष्टि, नगरले थाल्यो सचेतना
मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा […]
पूरा पढ्नुहोस्
बाह्रदशीका २५ जना गर्भवती महिलालाई गाउँमै ओपिडी सेवा, ५० जनालाई पोष्टिक आहार बितरण
झापा । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजना झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार बितरण कार्यक्रम सम्पन्न भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको […]
पूरा पढ्नुहोस्