खेलकुद
मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
मेचीनगर । मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा माघ ३ गतेदेखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुँदै
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न स्थापित स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा यही माघ ३ गतेदेखि ५ गते सम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ । आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभका संरक्षक एवम् प्याब्सन मेचीनगरका पूर्व […]
पूरा पढ्नुहोस्
तराई प्रेस क्लब दार्जिलिङले जित्यो मिडिया कपको उपाधि
काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ […]
पूरा पढ्नुहोस्
इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को सम्पूर्ण तयारी पुरा
मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप(२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा […]
पूरा पढ्नुहोस्
बालकल्याण माविमा मेचीनगर स्तरीय अन्तरमावि फुटबल प्रतियोगिता सुरु
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माविको खेल मैदानमा आइतबारबाट नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सुरु भएको छ । बालकल्याण माविको हामी स्वयमसेवी समूह (बाल क्लव) को आयोजनामा आयोजित फुटबल प्रतियोगितामा मेचीनगर क्षेत्रमा रहेका १६ वटा सामुदायिक तथा निजी विद्यालयहरुले सहभागिता जनाएका छन् । फुटबल प्रतियोगिताको उद्घाटन मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले […]
पूरा पढ्नुहोस्
साविक दुवागढी स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उपाधि वडानम्बर ६ र ७ जित्यो
मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा इन्डो–नेपाल मिडियाकप’ हुने
काँकरभिट्टा । मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । आयोजकले शुक्रबार काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर खेलको बारेमा जानकारी दिएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको […]
पूरा पढ्नुहोस्
पशुपति अंग्रेजी माध्यमिक विद्यालयको ४० औं स्थापना दिवसमा विविध कार्यक्रम
काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न उत्कृष्ट विद्यालय तथा विद्यार्थी पुरस्कृत
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारबाट सुरु भएको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्याब्सन मेचीनगर अन्तर्गत रहेका अधिकांश विद्यालय सहभागि बनेका थिए । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रतिभा प्रस्तुत गरे । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई पछि पार्दै संस्कृतिक नृत्य तर्फ हिमालयन इङ्लिस एकाडेमीले उपाधि रच्यो […]
पूरा पढ्नुहोस्
एन प्याब्सन झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न
मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता […]
पूरा पढ्नुहोस्