खेलकुद

मेचीनगर–८ मा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. १२ र १३ विजयी

मेचीनगर । मेचीनगर–८ वडा कार्यालय खेलकुद समितिको आयोजना तथा इटाभट्टा फुटबल क्लबको सहकार्यमा शनिबारदेखि प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। मेचीनगर–८ स्थित शान्ति वन वाटिकाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मेचीनगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभएको थियो। उद्घाटन खेललाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले मेचीनगरपालिकाले पछिल्लो समय मानव संसाधन विकासलाई प्राथमिकतामा राखेर काम […]

पूरा पढ्नुहोस्

हातखोला र आयोजकबीच उपाधि भिडन्त हुने

चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ को उपाधिका लागि आयोजक धाइजन–चारआली फुटबल क्लब र हातखोला फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै हातखोला फाइनलमा प्रवेश गरेको हो । अब हातखोलाले आगामी जेठ ३ गते आयोजक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा […]

पूरा पढ्नुहोस्

झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । […]

पूरा पढ्नुहोस्

झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा

बिर्तामोड, २४ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आयोजित खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । […]

पूरा पढ्नुहोस्

जेपिएफसी बागडुगरा प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

मेचीनगर । पाहुना टोली भारतको जेपिएफसी बागडुगरा काँकरभिट्टामा जारी प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न खेलमा भद्रपर झापा गोल्डकप महिला फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै जेपिएफसी बागडुगरा अन्तिम चारमा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हापमा दुवै टोलीले प्रतिष्पर्धात्मक खेल्दै गोलरहित टुङ्गाएका थिए […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा माघ २१ देखि प्रथम महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टामा प्रथम काँकरभिट्टा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “अनुशासन, कर्तव्य, सम्मान — महिला खेलाडीको पहिचान” भन्ने मूल नाराका साथ सो प्रतियोगिता माघ २१ गतेदेखि सुरु भई माघ २६ गतेसम्म सञ्चालन हुनेछ । काँकरभिट्टा महिला फुटबल क्लबको आयोजनामा मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा ६ वटा टिम सहभागी […]

पूरा पढ्नुहोस्

मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

मेचीनगर । मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा माघ ३ गतेदेखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुँदै

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न स्थापित स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा यही माघ ३ गतेदेखि ५ गते सम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ । आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभका संरक्षक एवम् प्याब्सन मेचीनगरका पूर्व […]

पूरा पढ्नुहोस्

तराई प्रेस क्लब दार्जिलिङले जित्यो मिडिया कपको उपाधि

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ […]

पूरा पढ्नुहोस्

इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को सम्पूर्ण तयारी पुरा

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप(२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा […]

पूरा पढ्नुहोस्