खेलकुद

पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा
मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना […]
पूरा पढ्नुहोस्
दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा
नकलबन्दा । झापाको मेचीनगर –५ स्थित नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले जितेको छ । आदर्शले धुलाबारी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि जितेसँगै आदर्श युवा क्लबले नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी तथा […]
पूरा पढ्नुहोस्
भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सको पोल्टामा
भद्रपुर, १६ फागुन । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित […]
पूरा पढ्नुहोस्
आयोजकलाई हराउँदै आदर्श युवा क्लब फाइनलमा
नकलबन्दा । दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुद्धशान्ति फाइनल प्रवेश गरेको छ । आदर्शका कप्तान समेत रहेका विजय राईको एक गोलको मद्दतमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई हराएको थियो । खेलको ५८ औँ मिनेटमा आदर्शका सुजन मगरको पासमा कप्तान राईले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा नकलबन्दाका अरुण मेचेको प्रहार आदर्शका रिजन […]
पूरा पढ्नुहोस्
धुलाबारी फुटबल क्लब फाइनलमा प्रवेश
नकलबन्दा । धुलाबारी फुटबल क्लब दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनल प्रवेश गरेसँगै धुलाबारीले नगद ३० हजार सुरक्षित गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धुलाबारीले टाइब्रेकरमा तुर्केनी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित ३०–३० मिनेटको खेलमा गोलरहित बराबरी खेलेपछि निर्णय […]
पूरा पढ्नुहोस्
मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने
मेचीनगर, १४ फागुन । पाँचौँ संस्करणको मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा […]
पूरा पढ्नुहोस्
भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर १३ फागुन । भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले […]
पूरा पढ्नुहोस्
चन्द्रगढीलाई हराउँदै आदर्श युवा क्लब सेमिफाइनलमा
नकलबन्दा । आदर्श युवा क्लब नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सडन डेथमा चन्द्रगढी युवा क्लबलाई हराउँदै आदर्श युवा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औँ मिनेटमा चन्द्रगढीका जर्सी नम्बर ३० का खेलाडी साहिल धिमालले टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० […]
पूरा पढ्नुहोस्
चर्च ब्वाइजलाई हराउँदै झापा ११ सेमिफाइनलमा
भद्रपुर, १० फागुन । झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा […]
पूरा पढ्नुहोस्
पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा
भद्रपुर,९ फागुन । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको […]
पूरा पढ्नुहोस्