एन प्याब्सन झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न

2025-12-07 मा प्रकाशित

मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा  एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता तुर्केनी खेल मैदानमा आयोजना गरेको थियो । सो प्रतियोगिताको छात्र तर्फको दौडमा एमिटी पब्लिक स्कूल प्रथम घोषित भयो । सो विद्यालयको कक्षा १० का छात्र रोहन भट्टराईले १० सेकेण्डमा एक सय मिटरको दुरी पार गरेर उत्कृष्ट घोषित भए । सो विद्यामा सिदार्थ शिक्षा सदनका सहदेव भुर्तेल दोस्रो भए भने मिडिल पोइन्ट एलिमेन्टरी स्कुलका आयुस शाहा तेस्रो भए ।
त्यसैगरी छात्रा तर्फको दौड प्रतियोगितामा सिद्यार्थ शिक्षा सदनकी अंशु सुवेदी प्रथम भइन् । उनले १४ सेकेन्डमा सो दुरी तय गरेकी थिइन् । सो प्रतियोगितामा मिडिल पोइन्टकी रेशिका चौधरी दोस्रो भइन् त्यसैगरी एमिटीकी नयन लिम्बू तेस्रो घोषित भइन् ।
उता विद्यालयको खेल मैदानमा भएको लमजम खेलमा समेत छात्र छात्राले प्रतिष्पर्धा गरेका थिए । सो विद्याको छात्र तर्फको खेलमा एमिटीकै सौजल ओझा प्रथम भए । सो प्रतियोगितामा सिदार्थका नकुल भूर्तेल दोसो भए त्यसैगरी मिडिल पोइन्टका सुजन आचार्य तेस्रो भए ।
छात्रा तर्फको लमजम खेलमा मिडिल पोइन्टकी खुसी सुनुवार प्रथम, सिद्यार्थकी कृतिका राई दोस्रो र एमिटीकी मान्यता श्रेष्ठ तेस्रो भइन् ।
त्यसैगरी छात्र तर्फको हाइजम खेलमा एमिटीका रोहन भट्राई प्रथम, सिदार्थका प्रोसेस श्रेष्ठ दोस्रो र मिडल पोइन्टका आयुस शाहा तेस्रो भए । छात्रा तर्फको खेलमा सिदार्थकी रितिका राई प्रथम, मिडिल पोइन्टकी अनुस्का चौधरी दोस्रो र एमिटीकी रेजिका श्रेष्ठ तेस्रो घोषित भइन ।


एमिटी पब्लिक स्कूलका प्रिन्सिपल सुवर्ण भट्टराईको सभापतित्व तथा मेचीनगर ६ का वडा सदस्य धृव कुमार राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि राईले स्वास्थ्य जीवन जिउनकोलागि खेलकुदका कार्यक्रमलाई महत्व दिनु पर्ने बताए । ‘खेलकुद रमाइलोको लागि मात्र होइन’, राईले भने, ‘ यसले हाम्रो शरिर फुर्तिलो र मजबुत बनाउँछ ।’ खेलको माध्यमबाट आफ्नो जीवन बदल्न सकिने उनको भनाई थियो ।


कार्यक्रममा बालकल्याण माविका साहयक प्रिन्सिपल राजिव गिरीले खेलको महत्व दर्शाउँदै स्वास्थ्य जीवनको लागि खेल अपरिहार्य रहेको बताए । उनले खेल क्षेत्रको विकासको लागि निजी तथा सामुदायिक विद्यालयहरुले ठूलो योगदान र लगानी गरिरहेको धारणा समेत राखे । कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले समेत धारणा राखेका थिए ।


कार्यक्रममा मेची आजाव साप्ताहिकका सम्पादक डम्बर बराल, मेरी लेण्ड स्कुलक प्रिन्सिप शंकर मगर, मिडिल पोइन्ट स्कूलका साहयक प्रिन्सिपल अविनास राजवंशी, अरेन्ज समाचारका सम्पादक सन्तोष बेघा  लगायतको आतिथ्यता रहेको थियो ।


विद्यालयकीको कोअर्डिनेटर सीता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रिसिपल तथा कार्यक्रम संयोजक भट्टराइले कार्यक्रको औचित्य प्रकाश पार्दै विद्यार्थीको सार्वाङ्गिण विकासको लागि एन प्याब्सनले कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा जोड दिएको बताए ।
प्रतियोगितामा उत्कृष्ट घोषित भएका खेलाडी विद्यार्थीहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु