मुख्य खबर
झापा–१ कांग्रेस क्षेत्रीय सभापतिमा बुढाथोकी र पनेरुबीच प्रतिस्पर्धा हुँदै
धुलाबारी । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका लागि इन्द्रबहादुर बुढाथोकी र सुदय पनेरुले उम्मेदवारी दर्ता गराएका छन्। धुलाबारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा शनिबार भएको उम्मेदवारी दर्तासँगै दुवै नेता क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन्। बुढाथोकीले पुनः क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदै आगामी पाँच वर्षका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। उनी नेपाली कांग्रेसका उपसभापति […]
पूरा पढ्नुहोस्
अग्निपीडित १४ परिवारलाई सत्य साई सेवा संगठन नेपालको राहत
ताप्लेजुङ,९ असोज । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३, दोभान बजारमा बिहीबार भएको भीषण आगलागीबाट प्रभावित १४ परिवारलाई श्री सत्य साई सेवा संगठन नेपालले शुक्रबार तत्काल राहत सामग्री उपलब्ध गराएको छ। बिहीबार असोज ८ गते अचानक भएको आगलागीमा १० वटा घर पूर्ण रूपमा जलेर ध्वस्त भएका थिए। ती घरमा १४ परिवार बसोबास गर्दै आएका थिए। आगलागीबाट घरसहित दैनिक जीवनयापनका […]
पूरा पढ्नुहोस्
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, १० घरमा क्षति
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी हुँदा १० घरमा क्षति पुगेको छ। ७ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागी विद्युत् सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा […]
पूरा पढ्नुहोस्
कांग्रेस मेचीनगर सभापतिमा योगेन थापा निर्वाचित
धुलाबारी । नेपाली कांग्रेस मेचीनगरको सभापतिमा योगेन थापा मगर निर्वाचित भएका छन् । उनी ३७८ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि मेचीनगर कांग्रेसको उपसभापति थिए । उनका प्रत्यासी भक्त बहादुर तामाङले १६४ मत मात्र ल्याएका छन् । धुलाबारीको टाउन हलमा अहिले भर्खरे सम्पन्न मत परिणाम अनुसार उपसभापतिमा कञ्चन बराल निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्
विद्युत्को तारमा मोटरसाइकल बेरिँदा पत्रकार आचार्य दुर्घटनामा, दोषीमाथि कारबाहीको माग
मेचीनगर । सडकमा विद्युत्को तार असरल्ल छरिएको अवस्थामा गुडिरहेको मोटरसाइकल त्यसैमा बेरिँदा मेचीनगरका पत्रकार युवराज आचार्य दुर्घटनामा परेका छन् । मेचीनगर–८ निवासी पत्रकार युवराज आचार्य आफ्ना बुबालाई मोटरसाइकलमा लिएर बिरामी हजुरआमालाइ भेट्न गइरहेका बेला मेचीनगर ४ स्थित पाथीभरा टोलमा सडकमा छरिएको विद्युत्को तार मोटरसाइकलमा बेरिएपछि दुवैजना लडेका थिए । मोटरसाइकल दुर्घटनामा परे पनि आचार्य र […]
पूरा पढ्नुहोस्
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध हुलाक कार्यालयमा महासंघले बुझायो ज्ञापन
झापा । लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमलाई सरकारले उपलब्ध गराउँदै आएको रकम करिब ५० प्रतिशत घटाइएको भन्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रले सरकारको निर्णय नसच्चिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले पहिलो चरणमा विज्ञापन बोर्ड र देशभरका जिल्ला हुलाक कार्यालयलाई पत्रिकाको बिल नबुझ्न सचेत गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरेको थियो। […]
पूरा पढ्नुहोस्
मेचीनगरबाट सुरु भयो जेईविरुद्धको खोप अभियान
मेचीनगर, ५ असोज । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सोमबारदेखि सुरु भएको छ। जिल्लामा पहिलो चरणमा मेचीनगरबाट खोप अभियान सुरु गरिएको हो। काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको शुभारम्भ गरेका हुन्। कार्यक्रममा राज्यमन्त्री गौतमसहित झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला समन्वय समिति […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा निःशुल्क शिविर सम्पन, ११८ जनाले लिए स्वास्थ्य सेवा
मेचीनगर । मेचीनगर–४ वडा कार्यालयको आयोजना तथा बरुणाभ क्लिनिक काँकरभिट्टाको प्राविधिक सहयोगमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११८ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरमा ६७ महिला र ५१ पुरुषले स्वास्थ्य परीक्षण गराएका वडा कार्यालयले जनाएको छ। वडावासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष अर्जुनकुमार कार्कीले […]
पूरा पढ्नुहोस्
बौद्धमोडमा आयोजित दुई दिवसीय ग्रामीण कृषि महोत्सव सम्पन्न
मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोडमा आयोजित दुई दिवसीय ग्रामीण कृषि महोत्सव आइतबार सम्पन्न भएको छ । कृषि क्षेत्रको उत्पादन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजित महोत्सवमा मेचीनगरका विभिन्न क्षेत्र तथा छिमेकी पालिकाबाट कृषि उपजसहित कृषक तथा व्यवसायी सहभागी भएका थिए । महोत्सव अवलोकन तथा कृषि उपज खरिद गर्न विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणको समेत उल्लेख्य सहभागिता […]
पूरा पढ्नुहोस्
सञ्चार क्षेत्र कमजोर बनाउने प्रयास स्वीकार्य छैन : महासंघ उपाध्यक्ष भण्डारी
मेचीनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले सरकारले छापा माध्यमको घाँटी निमोठ्ने प्रयास गरिरहेको आरोप लगाएकी छन्। शनिबार मेचीनगर–१०, धुलाबारीस्थित नाङ्लो रेस्टुरेन्टमा प्रेस क्लब मेचीनगरको १२औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले सञ्चारमाध्यमलाई साथ र संरक्षण दिनुपर्नेमा छापा माध्यमलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोप लगाइन्। प्रमुख अतिथि भण्डारीले वर्तमान […]
पूरा पढ्नुहोस्