मुख्य खबर
स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मेचीनगर–९ मा रहेको होलिबेल स्कुलको मे […]
पूरा पढ्नुहोस्
झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु
झापा । झापामा बढ्दो अत्यधिक गर्मीका कारण एक महिलाको अकालमा मृत्यु भएको छ। झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ पशुपति चोक पूर्व निवासी लुखी हेमरमको अत्यधिक गर्मी सहन नसक्दा ज्यान गएको हो। उनी आज मध्याह्नको समयमा कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने सडक खण्डमा मृत अवस्थामा फेला परेकी थिइन्। हेमरम चर्को घाम र अत्यधिक […]
पूरा पढ्नुहोस्
मेचीनगरका सबै नागरिक अझै शुद्ध खानेपानीको पहुँचमा छैनन् : नगरप्रमुख बुढाथोकी
डम्बर बराल मेचीनगर, मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका सबै नागरिकलाई अझै शुद्ध खानेपानीको पहुँचमा ल्याउन नसकिएको बताएका छन्। धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भरपर्दो पानीको स्रोत अभावका कारण कतिपय नागरिक शुद्ध खानेपानीबाट वञ्चित रहेको उल्लेख गरे। ‘पानीको भरपर्दो स्रोतको अभावमा केही नगरवासी अझै पनि शुद्ध खानेपानीको पहुँचबाट टाढा […]
पूरा पढ्नुहोस्
मेचीनगरकी प्रियंकाको उपचारमा सहयोग पुर्याइदिन अपील
मेचीनगर। लिची झार्ने क्रममा लडेर गम्भीर घाइते भएकी झापा मेचीनगर(१० की प्रियंका राजवंशीको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् । प्रियंकाको उपचारका लागि ६ लाख ५० हजार लाग्ने विर्तामोडस्थित इस्पाइलन हस्पिटल प्रशासनले भनेपछि उपचारमा सकेको आर्थिक सहयोग पुर्यादिनुहुन देश तथा विदेशमा रहेका नेपालीलाई उनकी आमा निपी राजवंशीले अपील गरेकी हुन् । प्रियंकाको उपचारका लागि […]
पूरा पढ्नुहोस्
मेचीनगर–८ मा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. १२ र १३ विजयी
मेचीनगर । मेचीनगर–८ वडा कार्यालय खेलकुद समितिको आयोजना तथा इटाभट्टा फुटबल क्लबको सहकार्यमा शनिबारदेखि प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। मेचीनगर–८ स्थित शान्ति वन वाटिकाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मेचीनगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभएको थियो। उद्घाटन खेललाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले मेचीनगरपालिकाले पछिल्लो समय मानव संसाधन विकासलाई प्राथमिकतामा राखेर काम […]
पूरा पढ्नुहोस्
श्रीहरि सत्संघ समिति नेपालको दशदिने नवचैतन्य वर्ग सम्पन्न
झापा । श्रीहरि सत्संघ समिति नेपालको आयोजनामा सञ्चालित दशदिने नवचैतन्य वर्ग बुधबार सम्पन्न भएको छ। मेचीनगर–७ स्थित मानव धर्म सेवा समितिको भवनमा बैशाख २८ गतेदेखि आयोजित प्रशिक्षण कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका २५ जना साधकहरूको सहभागिता रहेको थियो। समाजमा धार्मिक जागरण सिर्जना गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको श्रीहरि सत्संघ समिति नेपालले जनाएको छ। तालिममा सिक्किमबाट […]
पूरा पढ्नुहोस्
झापाका निर्माण व्यवसायीहरु आन्दोलित आज देखि काम ठप्प
झापा । झापाका नर्मिाण व्यवसायीहरुले सरकारी वकिास–नर्मिाणका काम ठप्प पारेका छन् । आज नर्मिाण व्यवसायी संघ झापाको नेतृत्वमा नर्मिाण व्यवसायीहरुले जल्लिा प्रशासन कार्यालय झापालगायत सरोकारवाला नकिायहरुलाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलयिमलगायत नर्मिाण सामग्री, ढुवानी एवम् श्रमकि लागतमा भएको चरम मूल्यबृद्धकिा कारण वर्तमान अवस्थामा काम गर्न नसकनिे जनाएका हुन् । मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालमा पेट्रोलकि पदार्थमा भएको […]
पूरा पढ्नुहोस्
हातखोला र आयोजकबीच उपाधि भिडन्त हुने
चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ को उपाधिका लागि आयोजक धाइजन–चारआली फुटबल क्लब र हातखोला फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै हातखोला फाइनलमा प्रवेश गरेको हो । अब हातखोलाले आगामी जेठ ३ गते आयोजक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा […]
पूरा पढ्नुहोस्
बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा हरिभक्त
झापा । बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापा को तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । कनकाईस्थित घृतकौशिक भवन मा आयोजित अधिवेशनले अध्यक्षमा हरिभक्त बराल लाई सर्वसम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षत्रयमा बासुदेव बराल, भोला बराल, रोहिणी बराल, महासचिवमा चैतन्य बराल, सचिवमा टंक बराल र कोषाध्यक्षमा टिका बराल सर्वसम्मत चयन […]
पूरा पढ्नुहोस्
लागु औषध न्यूनीकरणका लागि मेचीनगरद्वारा विद्यालयस्तरीय सचेतना कार्यक्रम सुरु
इटाभट्टा, २२ वैशाख । मेचीनगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा सामुदायिक विद्यालयस्तरमा लागुऔषध प्रयोग नियन्त्रण तथा यसको प्रभावसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ । मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो। कार्यक्रमको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उद्घाटनपछि बोल्दै नगरप्रमुख बुढाथोकीले लागुऔषधले समाजलाई भयावह अवस्थामा […]
पूरा पढ्नुहोस्