मेचीनगर । झापाको मेचीनगर स्थित ४ नम्बर वडा कार्यालयले ‘योगदानको कदर, सेवाको सम्मान’ भन्ने नारासहित शुक्रबार पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । २०१९ सालदेखि २०७४ सालसम्म वडाध्यक्ष तथा वडा सदस्यका रूपमा निर्वाचित भई जनसेवामा समर्पित भएका पूर्व जनप्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुने पूर्व वडाध्यक्षहरूमा अमरबहादुर बुढाथोकी, अशोक सुब्बा, […]
झापा। नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईले बताए। सूर्योदयकालमा प्रतिपदा भएका […]