
मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन् ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गर्नु भएको बजेटमा नगरस्तरीय योजना तर्फ ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ बिनियोजन गरिएको छ भने वडा स्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी संघबाट वित्तीय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ ८४ करोड ९५ लाख, प्रदेशबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ दुई करोड ६४ लाख ८२ हजार रहेको छ भने ऋणको सावा व्याज भुक्तानीका लागि २५ लाख र समपुरक कोषमा ६ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै अघिल्लो बर्षबाट अल्या गरिएको रकम १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैया ३७ पैसा रहेको छ ।
प्रतिकृया दिनुहोस्