Author: मेची आवाज डेक्स
मेचीनगरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण हुँदै
मेचीनगर । झापाको मेचीनगरमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको पूर्ण कदको सालिक अनावरण गरिने भएको छ। नेपाल संवत् ११४७ को अवसर पारेर भोलि मंगलबार मेचीनगर–१० स्थित चाँदनी चोकमा निर्माण गरिएको सालिक अनावरण गर्न लागिएको राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान मेचीनगर समितिले जनाएको छ। सालिक अनावरण कार्यक्रमबारे समितिले सोमबार धुलाबारीमा पत्रकार सम्मेलन गरी जानकारी […]
पूरा पढ्नुहोस्
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो ९बिहीबार० वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो । […]
पूरा पढ्नुहोस्
मेचीनगरको सार्वजनिक सुनुवाइमा विकास निर्माणदेखि भुक्तानी प्रणालीसम्म प्रश्न
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–२ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा सहभागीहरूले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कालोपत्रे सडक र काँकरभिट्टास्थित सार्वजनिक शौचालयलगायतका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा स्थानीय विकास ओझाले विकास निर्माणका योजनाको गुणस्तर परीक्षण कसरी गरिन्छ, […]
पूरा पढ्नुहोस्
बुद्ध पार्कको भोलि उद्घाटन हुँदै
धुलाबारी । बुद्धशान्ति गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको बृहत् धार्मिक तथा पर्यटकीय स्थल बुद्ध पार्कको भोलि बुधबार (कात्तिक १८ गते) उद्घाटन गरिने भएको छ। पार्क उद्घाटनका लागि बौद्ध धर्मगुरु क्याब्जे मुसाङ कुछेन रिन्पोछे मेचीनगर आइपुगेका छन्। उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूसमेत सहभागी हुने आयोजकले जनाएको छ। उद्घाटनअघि धर्मगुरुको उपस्थितिमा […]
पूरा पढ्नुहोस्
ग्रामिण प्रेस क्लबको अध्यक्षमा पुन : विमली
झापा । ग्रामिण क्षेत्रका सञ्चारकर्मीहरूलाई संगठित गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धन र स्थानीय सवालमा सहकार्य गर्ने उद्देश्यका साथ स्थापित ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा आइतबार आयोजित अधिवेशनले नेत्र विक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रितम कुमार धमला, […]
पूरा पढ्नुहोस्
टाइगर फरेस्टले गर्याे, तीन महिनामै साढे तीन करोड बढीको कारोबार
झापा । प्राकृतिक वातावरण, आकर्षक काठका भिल्ला, खुला आकाशमुनिको बियर गार्डेन र आधुनिक मनोरञ्जनात्मक सुविधालाई एकै परिसरमा समेटेको रुपन्देहीस्थित टाइगर फरेस्ट होटलले पर्यटकलाई नयाँ आतिथ्य अनुभव प्रदान गरिरहेको छ । सञ्चालनको पहिलो तीन महिनामै होटलले रु तीन करोड ६२ लाख ८५ हजारभन्दा बढीको कारोबार गर्न सफल भएको छ । सिद्धार्थ राजमार्गसँग सहज पहुँच भएको स्थानमा […]
पूरा पढ्नुहोस्
चारआलीमा कात्तिक २१ गते नेपथ्यको बृहत् कन्सर्ट हुने
झापा । झापाको चारआलीमा यही कात्तिक २१ गते चर्चित नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको बृहत् कन्सर्ट हुने भएको छ । चारआली जेसीज र बज्र इभेन्टको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम हातेमालो खेल मैदानमा सञ्चालन गरिने आयोजकले शनिबार चारआलीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाले पत्रकार सम्मेलनको सहजीकरण गर्दै कार्यक्रमबारे जानकारी […]
पूरा पढ्नुहोस्
अभाव, अविश्वास र संघर्ष चिर्दै सफलताको यात्रामा टिकाराम
झापा । झापाको कनकाई नगरपालिका–१ (तत्कालीन सुरुङ्गा गाविस) को जामुनबारीमा २०३३ साल चैत १९ गते बुबा शिवप्रसाद बराल र आमा इन्द्रकला बरालका कान्छा सुपुत्रका रूपमा जन्मिएका टिकाराम बरालको जीवनयात्रा अभाव, जिम्मेवारी र सामाजिक चुनौतीसँग जुध्दै अघि बढेको संघर्षको कथा हो । ब्राह्मण परिवारमा जन्मिएका बरालले २२ वर्षको उमेरमा सुन–चाँदी व्यवसाय सुरु गर्ने निर्णय गर्दा परिवार […]
पूरा पढ्नुहोस्
जनसहयोगमा अनिस राईको परिवारले पायो नयाँ घर
मेचीनगर । चिया बगानमा मजदुरी गरेर परिवार पाल्दै आएका मेचीनगर–५ घोडाजिनका अनिस राईको परिवारले जनसहयोगमा नयाँ घर पाएको छ । विपन्न परिवारकी सदस्य पत्नी क्यान्सरका कारण एउटा खुट्टा गुमाउन बाध्य भएपछि उपचार र परिवारको जीविकोपार्जनमा समस्या झेल्दै आएका अनिसको परिवारले सोमबार महाअष्टमीको अवसर पारेर नयाँ घरमा गृहप्रवेश गरेको हो । मेची अभियानको संयोजन तथा विभिन्न […]
पूरा पढ्नुहोस्
धुलाबारी माविको पूर्वविद्यार्थी समाजको अध्यक्षमा कोइराला
धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको तेस्रो अधिवेशनले हरि कोइरालालाई अध्यक्षतामा सर्वसम्मत चयन गरेको छ । कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्वविद्यार्थी समाज गठन भएको छ । पूर्वविद्यार्थीहरूको पुनर्मिलन, शुभकामना आदानप्रदान, पूर्वविद्यार्थी सम्मान तथा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो। नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको रहनेछ। समितिको उपाध्यक्षमा लीला प्रसाद भण्डारी, माया न्यौपाने, भुपेन्द्र […]
पूरा पढ्नुहोस्