कांग्रेस झापा–१ को क्षेत्रीय सभापतिमा बुढाथोकी निर्वाचित

2026-09-28 मा प्रकाशित

धुलाबारी । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको सोमबार सम्पन्न मतगणनामा बुढाथोकीले ४१४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुवेश पनेरूले २०१ मत प्राप्त गरे ।

निर्वाचित सभापति बुढाथोकीको यो दोस्रो कार्यकाल हो ।

यसैगरी क्षेत्रीय सचिवमा दीपक काफ्ले निर्वाचित भएका छन् । काफ्लेले २९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शेरबहादुर बस्नेत ‘सुन्दर’ले १९९ मत पाए ।

सहसचिवमा चन्दन गौतम २४८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण पौडेलले १५०, लावण्य पोखरेलले ११६ र यमकान्त पौडेलले ६७ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु