प्याब्सन मेचीनगरको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न उत्कृष्ट विद्यालय तथा विद्यार्थी पुरस्कृत

2025-12-15 मा प्रकाशित

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारबाट सुरु भएको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
धुलाबारी स्थित पासाङ्ल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्याब्सन मेचीनगर अन्तर्गत रहेका अधिकांश विद्यालय सहभागि बनेका थिए । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रतिभा प्रस्तुत गरे । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई पछि पार्दै संस्कृतिक नृत्य तर्फ हिमालयन इङ्लिस एकाडेमीले उपाधि रच्यो ।

सो प्रतियोगितामा पारिजात इङ्लिस स्कूल दोस्रो बन्यो भने तेस्रो पुरस्कार सेन्टपल्स एकाडेमीले हात पार्याे।


त्यसैगरी शास्त्रीय नृत्य विद्यामा लोहोत्से इङ्लिस स्कूल प्रथम, कन्भेन्ट इङ्लिस स्कूल दोस्रो तथा हिमालयन इङ्लिस एकाडेमी तेस्रो भयो ।
त्यसैगरी प्लस टु का विद्यार्थीहरुको गायन विद्या तर्फ होलिबेल प्रथम, हिमालयन एकाडेमी दोस्रो घोषित भयो ।
१२ वर्ष माथिका विद्यार्थीहरुको गायन विद्यामा हिमालयन इङ्लिस एकाडेमी प्रथम, तारापुञ्ज दोस्रो तथा होलिबेल इङ्लिस स्कूलले तेस्रो पुरस्कार हात पार्याे ।
त्यसैगरी १२ वर्ष मूनिका विद्यार्थीहरुको प्रतिष्पर्धामा लोहोत्से इङ्लिस स्कूल प्रथम, सेन्टपल्स एकाडेमी दोस्रो तथा होलिबेल तेस्रो घोषित भयो । कार्यक्रममामा उत्कृष्ट बनेका विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ रहेको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेपाली परम्परा र संस्कृतिको संरक्षणमा निजी विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । सो अवसरमा जिल्ला प्याब्सनका अध्यक्ष अध्यक्ष छत्र बहादुर कार्की, जिल्ला सल्लाकार हिम्मत क्षेत्री लगायतले बोलेका थिए ।
कार्यक्रमको अवसरमा प्याब्सनले एस.इई परीक्षा २०८१ म उत्कृष्ट जीपिए ल्याउने विद्यार्थी तथा उत्कृष्ट कर्मचारी, शिक्षक तथा संस्थापक प्रिन्सपलहरुलाई समेत सम्मान गरिएको थियो । त्यसै गरी प्याब्सनले मेचीनगर शिक्षा शाखामा धेरै वर्ष कार्यरतरही हालै अवकास हुनुभएका लोकबहादु दाहाललाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा प्याब्सन जिल्ला सदस्य रमेश प्रसाद बराल, भोजबहादुर कार्की, जिल्ला सल्लाकार हरि कुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव बिमल पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु